×

NEPAL TIMES UPDATES

Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026

रित्तिँदै छ देश : कोरिया जान नौ लाख १९ हजार युवाको आवेदन !

२३ भाद्र २०८१

२३ भदौ, काठमाडौं ।

पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको संख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ ।

Advertisement
Advertisement

आजभन्दा १७ वर्षअघि अर्थात् सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्रीस्तरीय सम्झौता भएको थियो । सन् २००८ देखि नेपाली श्रमिक रोजगारीका लागि दक्षिण कोरिया जान थालेका हुन् ।

इपिएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख १९ हजार छ सय ३१ युवाले आवेदन फारम भरेका छन् । यो तथ्यांक वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको हो ।

सन् २०२४ का लागि मात्रै हालसम्मकै बढी एक लाख ९९ हजार एक सय १३ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । हालसम्म पाँच लाख ४८ हजार सात सय ७१ जना भाषा परीक्षामा सहभागी भएका छन् ।

इपिएसअन्तर्गत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने संख्या लगातार वृद्धि हुँदै गइरहेको छ । हालसम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला गरी एक लाख पाँच हजार पाँच सय ४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका छन् ।

इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षका अवधिमा सबैभन्दा बढी सन् २०२३ मा १९ हजार छ सय ८९ जना दक्षिण कोरिया प्रस्थान गरेका छन् । सन् २०२३ मा नेपाल कामदार बढी पठाउने मुलुक बन्न सफल भएको थियो । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् ।

दक्षिण कोरियाले इपिएसअन्तर्गत नेपालसहित इण्डोनेसिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, श्रीलंका, मंगोलिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बङ्गलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ । नेपालले सन् २०१५ मा ‘वेष्ट प्राक्टिस आउटस्टयान्डिङ एवार्ड’समेत प्राप्त गरिसकेको छ ।

अहिले पनि दक्षिण कोरियामा करिब ५० हजार नेपाली श्रमिकले काम गरिरहेका छन् । दुई देशबीचको रोजगार सम्झौता प्रत्येक दुई–दुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लोपटक सन् २०२२ मा सो सम्झौता नवीकरण भएको थियो ।

अन्य रोजगार गन्तव्यका तुलनामा दक्षिण कोरियामा अनधिकृत रूपमा बस्ने नेपाली श्रमिकको संख्या न्यून छ । दक्षिण कोरियामा श्रम कानुनको प्रभावकारी कार्यान्वयनबाट नेपालले अन्य गन्तव्यका तुलनामा कम सामाजिक मूल्य चुकाउनुपरेको छ ।

दक्षिण कोरियाले भाषा परीक्षा, रोजगारीबाट फर्केर कम्प्युटर सीप परीक्षा पास गरेका (सिबिटी) र कम्पनी परिवर्तन नगरी पूरा अवधि काम गरी पुनः सोही कम्पनीमा जाने (कमिटेड) गरी तीन वर्गमा नेपाली श्रमिक लैजाँदै आएको छ ।

इपिएसबाट रोजगारीका लागि दक्षिण कोरिया जान प्रत्येक श्रमिकले परीक्षा, स्वास्थ्य परीक्षण, आवेदन फारम दर्ता, प्रवेशाज्ञा, बीमा, हवाई टिकट र प्रारम्भिक तालिमलगायत शीर्षकमा करिब एक हजार तीन सय ५० अमेरिकी डलर तिर्नुपर्छ । दक्षिण कोरिया रोजगारीमा रहेका श्रमिकले चार वर्ष १० महिना काम गर्न पाउँछन् । सो अवधि पूरा गरेपछि उनीहरू अनिवार्य रूपमा स्वदेश फर्कनुपर्छ ।

दक्षिण कोरियाले सुरुआती चरणमा कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाने गरेको भए पनि पछिल्ला दिनमा रोजगारीका क्षेत्र फराकिलो बनाउँदै लगेको छ । हाल दक्षिण कोरियाले पानी जहाजसम्बन्धी क्षेत्रमा पनि नेपाली श्रमिक लैजान थालेको छ भने वन तथा सेवा क्षेत्र पनि विस्तार गर्ने जानकारी गराएको छ ।

तथापि, भाषा परीक्षा उत्तीर्ण गरी रोजगार आवेदन बुझाएर रोष्टरमा रहेका युवालाई दक्षिण कोरियामा रोजगारीको प्रबन्ध मिलाउन चुनौती देखिएको छ । इपिएस कोरिया शाखाका अनुसार सन् २०२२ देखि हालसम्म ४२ हजार ५९ जना रोष्टरमा रहेकामा १८ हजार २० जनामात्र रोजगारदाताको छनोटमा पर्न सफल भएका छन् ।

Advertisement

भाषा परीक्षा उत्तीर्ण भएको दुई वर्षभित्र दक्षिण कोरिया जान नपाएमा पुनः भाषा परीक्षा पास गर्नुपर्ने व्यवस्था छ । बाँकी २४ हजार ३९ जना हालसम्म पनि रोजगारदाताको छनोटमा पर्न नसकेको शाखाको तथ्यांक छ । सेवा क्षेत्रमा रोष्टर परिवर्तन गराई ६ सय ९१ जनालाई रोष्टरमा राखिएकामा सातजना मात्र रोजगारदाताको छनोटमा परेको शाखाले जनाएको छ ।

भर्खरको समाचार

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top