नेसन्स लिग : दोस्रो चरणको खेलमा पोर्चुगल, स्पेन, क्रोएसिया प्रतिस्पर्धामा

२२ भदौ ८१, आइतबार

२३ भदौ, विराटनगर ।

चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत आजबाट दोस्रो चरणका खेलहरू हुँदै छन् । शनिबार रातिबाट पहिलो चरणका खेलहरू सकिएसँगै आज दोस्रो चरणका नौ खेलहरू हुन आँटेका हुन् ।

पहिलो संस्करणको विजेता पोर्चुगलका साथै साविक विजेता स्पेन, क्रोएसियालगायत १८ वटा राष्ट्रहरू प्रतिस्पर्धामा छन् ।

Advertisement

आज सन् २०१८-१९ को विजेता पोर्चुगलले स्कटल्यान्डसँग घरेलु मैदानमा खेल्ने छ । पोर्चुगलले आफ्नो पहिलो खेलमा लुका मोड्रिच नेतृत्वको क्रोएसियालाई हराउँदै सुखद सुरुआत गरेको थियो । समूह ‘ए’ को पोर्चुगल अब दोस्रो जितको खोजीमा छ । 

यस्तै, आजको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनले स्विट्जरल्यान्डसँग उसैको मैदानमा खेल्ने छ । पहिलो खेलमा सर्बियासँग बराबरी खेलेको स्पेन स्विट्जरल्यान्डलाई हराउने दाउमा छ । डेनमार्कसँग स्तब्ध बनेको स्विट्जरल्यान्ड पनि आज पहिलो जितकै खोजीमा छ ।

Advertisement

यता, क्रोएसियाले पोल्यान्डलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दै छ । यस खेलमा पोल्यान्ड दोस्रो जितको खोजीमा हुँदा क्रोएसिया पहिलो जित निकाल्ने योजनामा हुने छ । पोल्यान्डले पहिलो खेलमा स्कटल्यान्डलाई उसैको मैदानमा हराउँदा क्रोएसिया पोर्चुगलसँग हारेको थियो ।

सन् २०१८–१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो । सन् २०२०–२१ को युइएफए नेसन्स लिगको विजेता फ्रान्स हो । इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो ।

नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो ।

आज हुँदै छन्, यी खेलहरू:

१. लक्जम्बर्ग भर्सेस बेलारुस- साँझ ६:४५ बजे
२. बुल्गेरिया भर्सेस उत्तरी आयरल्यान्ड- बेलुका ९:४५ बजे
३. डेनमार्क भर्सेस सर्विया- बेलुका ९ः४५ बजे
४. स्लोभाकिया भर्सेस अजरबैजा- बेलुका ९ः४५ बजे
५. गिब्रलटार भर्सेस लेइचटेन- बेलुका ९ः४५ बजे
६. पोर्चुगल भर्सेस स्कटल्यान्ड- राति १२ः३० बजे
७. स्विट्जरल्यान्ड भर्सेस स्पेन- राति १२ः३० बजे
८. स्विडेन भर्सेस स्टोनिया- राति १२ः३० बजे
९. क्रोएसिया भर्सेस पोल्यान्ड- राति १२ः३० बजे

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top