मोइन अलीले लिए सन्न्यास, अस्ट्रेलिया सिरिजमा नपरेको दुःखेसो

२२ भदौ ८१, आइतबार

२३ भदौ, एजेन्सी ।

इंग्ल्यान्डका अलराउन्ड मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । अस्ट्रेलिया सिरिजमा टिममा छनोट नभएपछि ३७ वर्षीय अलीले आइतबार सन्न्यासको घोषणा गरेका हुन् ।

अर्को हप्तादेखि इंग्ल्यान्डले घरेलु मैदानमा अस्ट्रेलियासँग तीन टी-२० आई र पाँच ओडिआई सिरिज खेल्दै छ । इंग्ल्यान्डका प्रशिक्षक ब्रेन्डन एमसिकुलमले अस्ट्रलिया सिरिजलाई २३ वर्षीय स्पिन अलराउन्डर ड्यान मोस्लीलाई मौका दिएको छ ।

Advertisement

अली इंग्ल्यान्डका ओडिआई तथा टी–२० विश्वकप विजेता पनि हुन् । इंग्ल्यान्डले सन् २०१९ मा एकदिवसीय तथा २०२२ मा टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीका सदस्य थिए ।

सन् २०१४ मा इंग्ल्यान्डका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका अलीले ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी-२० खेल खेलेका छन् । इंग्ल्यान्डका लागि सबै फर्म्याटमा ६ हजार ६ सय ७८ रनसहित ८ शतक, २८ अर्धशतक र कुल ३६६ विकेट लिएका छन् ।

उनले राष्ट्रका लागि पछिल्लो पटक टी-२० विश्वकपमा भारतविरुद्ध सेमिफाइनल खेलेका थिए । जसमा इंग्ल्यान्ड पराजित भएको थियो ।

आफूले इंल्यान्डका लागि धेरै क्रिकेट खेलेको भन्दै अब आउँदो जेनेरेसनले खेल्ने समय भएको उनले उल्लेख गरेका छन् । अलीले फ्रेन्चाइजी क्रिकेट भने खेल्न जारी राख्ने बताएका छन् ।

‘म ३७ वर्षको भए यसै महिना अस्ट्रेलिया सिरिजमा परिनँ । इंग्ल्यान्डबाट मैले धेरै क्रिकेट खेलेको छु । अब भनेको नयाँ पुस्ताको समय हो । यो सन्न्यास लिने सही समय हो,’ मोइन अलीले भनेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top