कोशी अस्पतालमा उपचाररत कैदीको मृत्यु, धरौटी तिर्न नसकेर थिए कारागारमा

२२ भदौ ८१, आइतबार

२३ भदौ, विराटनगर ।

Advertisement

मोरङ कारागारमा रहेर कैदभुक्तान गरिरहेका एक कैदीको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका-४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङ रहेका छन् ।

मोटरसाइकल चालक मुद्दामा कैद भुक्तान गरिरहेका तामाङको आइतबार बिहान कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कारागारका जेलर चेतनाथ बरालले जानकारी दिए ।

Advertisement

उनका अनुसार बिरामी परेपछि तामाङलाई भदौ २० गते साँझ अस्पताल लगिएको थियो । तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए ।

उनीविरुद्ध मोरङसहित झापा, सुनसरी, इलाम र धनकुटा अदालतमा मुद्दा थियो । मोरङमा तामाङविरुद्ध चोरी कसुरमा दुई वटा मुद्दा चलेका थिए । एउटा मुद्दामा मोरङ अदालतले चार महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो भने अर्को मुद्दामा १ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

Advertisement

तर,  धरौटीबापतको रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको थियो ।

जिल्ला कारागार मोरङमा क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी छन् । कारागारमा हाल चार नाबालक र ९७ महिलासहित एक हजार ५९ जना कैदीबन्दी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top