२३ भदौ, एजेन्सी ।
बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहलाई पुत्रीलाभ भएको छ । दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बईमा छोरीलाई जन्म दिएको भारतीय मिडियाहरूले जनाएका छन् ।
प्रसूति व्यथाको कारण दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । गएको फेब्रअरीमा दीपिका र रणवीर सिंहले आफूहरु बाबुआमा बन्न लागेको सार्वजनिक गरेका थिए ।
उनीहरूले ‘सेप्टेम्बर २०२४’ भनेर बच्चा जन्मने महिनाको रूपमा उल्लेख गरेका थिए । शुक्रबार दीपिका गणेशको दर्शन गर्न सिद्धिविनायक मन्दिर पुगेकी थिइन् ।
सन् २००७ मा ओम शान्ति ओमबाट बलिउडमा डेब्यु गरेकी दीपिका र रणवीर सन् २०१३ मा ‘गोलियोंकी रसलीलाः रामलीला’ फिल्मको सेटबाट नजिकिएका थिए । उनीहरूले सन् २०१८ मा विवाह गरेका थिए ।