पोखराका दुई इन्जिनियरलाई आठ महिना कैद, कसूर के थियो ?

२२ भदौ ८१, आइतबार

२३ भदौ, पोखरा । 

कास्कीको पोखरा महानगरपालिकाका दुई इन्जिनियरलाई विशेष अदालतले आठ महिना कैद र जनही एक लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । घुससहित पक्राउ परेका पोखराका इन्जिनियर शिवप्रसाद बराल र सबइन्जिनियर उषाकिरण रोकायालाई शुक्रबार दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र रितेन्द्र थापाको संयुक्त इजलासले दुई इन्जिनियरसहित तीन जना दोषी ठहर गरेको हो । अब, बराल र रोकायालाई जनही एक लाख ७५ हजार रुपियाँ जरिवाना र आठ महिना कैद हुने छ ।

Advertisement

घरको नक्सापास प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर बराल, सबइन्जिनियर रोकाया र बिचौलिया सुरज कुँवर दोषी ठहर भएका हुन् ।

घुस दिन सघाउने कुँवरलाई ८७ हजार पाँच सय जरिवाना र चार महिना कैद हुने फैसला भएको छ । बराल र रोकाया दुवै पोखरा महानगरको नक्सा शाखाका कार्यरत थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बराललाई गएको चैत २७ गते र रोकायालाई चैत २८ गते पक्राउ गरेको थियो । अख्तियारले अनुसन्धानपछि गत वैशाख २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा घुसबापतको दुई लाख रुपियाँ रकम इन्जिनियर बरालको खातामा गएको देखिएको छ ।

त्यो रकम जफत गरी उजुरीकर्तालाई फिर्ता गर्न आदेश भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १० मा बनेको एक घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन इन्जिनियर बरालकै नेतृत्वमा रोकाया र सुरजले घुस लिएका थिए । दुई लाख रुपैयाँ लिइसकेर पछि थप डेढ लाख रुपैयाँ लिने क्रममा बराल र रोकायालाई अख्तियारले पक्राउ गरेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top