२३ भदौ, ओखलढुंगा ।
ओखलढुंगामा डेंगु संक्रमण दर बढिरहेको छ । जिल्लामा हालसम्म ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।
हालसम्म २६ पुरुष र २८ महिला गरी ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको र संक्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्यावस्था सामान्य रहेको सूचना अधिकारी विनोद पोखरेलले जानकारी दिए ।
सङ्क्रमण रोकथामका लागि मानेभन्ज्याङ गाउँपालिको विभिन्न क्षेत्रमा लार्भा नष्ट र विषादी छर्किन अभियान सञ्चालन गरिएको थियो । ओखलढुंगा सामुदायिक अस्पतालमा डेंगु परीक्षण र उपचार भइरहेको छ ।