२३ भदौ, काठमाडौं ।
नेपालका रवि शाही विश्व गोजुरियो कराते महासंघको रेफ्री कमिसन सदस्यमा चयन भएका छन् । विश्व गोजुरियो कराते महासंघले अस्ट्रियामा जारी सातौँ विश्व गोजुरियो कराते प्रतियोगिताका दौरानमा शाहीलाई रेफ्री कमिसन सदस्यमा चयन गरेको हो ।
यस प्रतियोगितामा शाहीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । यसैगरी, विश्व गोजुरियो कराते महासंघको उपाध्यक्षमा बलाराम मित्र नियुक्त भएका छन् ।
नेपाल गोजुरियो कराते संघका सचिव सानुबाबु गिरिले दुवै जनालाई बधाई दिँदै कार्यकालको सफलताको कामना गरेका छन् । विश्व करातेको प्राविधिक तथा प्रशासनिक क्षेत्रमा नेपालको यो महत्त्वपूर्ण उपलब्धि हो ।