२३ भदौ, काठमाडौं ।
दुबईबाट फर्किएकी हस्तकला चलाउने नाम गरेकी महिलालाई लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीकै संलग्नतामा २९ साउनमा ललितपुरको सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्र नजिक लुटपाट भएको थियो ।
जिल्ला प्रहरी परिसर, ललितपुरले घटनामा संलग्न रहेको आरोपमा प्रहरी जवान डम्मलाल पाध्यायसहित खोटाङको दिक्तेल–११ का प्रकाश भनिने विकास श्रेष्ठ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का गुन्दास भनिने मनोज भुजेललाई पक्राउ गरेको छ ।
घटना गत साउन २९ गतेको भए पनि प्रहरीमा ढिलो गरी उजुरी परेपछि उनीहरूलाई केही दिनअघि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूले दिउँसो साढे १२ बजेतिर विमानस्थलबाट गोदावरीतर्फ जाँदै गरेको ट्याक्सी रोकेर लुटपाट गरेका थिए ।
उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै मोटरसाइकलमा पिछा गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरूले दुईवटा आइफोन–१५ दुई थान, सामसुङका दुईवटा फोन, एउटा एप्पलको ल्यापटप, गेम बक्स, सुनको दुईवटा सिक्रीलगायत लगेको पीडितको भनाइ छ ।लुटिएकी चलाउनेले दुबईबाट मणिकुमार राईको सामान ललितपुर ल्याएइदिएकी थिइन् । घटनामा संलग्न भएको आरोप लागेका एक जना अझै फरार छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ एसपी काजीकुमार आचार्यले जनाएका छन् । थप अनुसन्धान र मुद्दा दर्ता प्रक्रियाका लागि कार्यालयले उनीहरूलाई प्रहरी वृत्त, सातदोबाटो पठाएको छ ।