२४ भदौ, काठमाडौं ।
सरकारले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूलाई खाजा खाने समय आधा घण्टा तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारले सरकारी कार्यालयहरूको खाजा खाने समय ३० मिनेट कायम गरेको हो ।
आइतबार बेलुका सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘खाजा पनि खानुपर्छ । तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन । कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।’
उनले कार्यालयको खाजा समयको नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोधसमेत गरेका छन् ।