प्रहरी नै घेराबन्दीमा,अनुमतिबिना भेटघाटमा रोक

२३ भदौ ८१, सोमबार

२४ भदौ , काठमाण्डौ  ।

चेन अफ कमान्डमा चल्ने नेपाल प्रहरीभित्र राजनीतिक र विचौलियाको हस्तक्षेप बढेपछि बाहिरी भेटघाटमा कडाई गरिएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार एक परिपत्र जारी गर्दै कार्यालयको कामबाहेक अन्य कामका लागि अनुमति लिएर मात्रै भेटघाट गर्न अन्यथा कारबाही हुने चेतावनी दिएको छ । देशभरका युनिटलाई आइतबार ‘सर्कुलर’ गरी ‘अफिसियल’ कामबाहेक बाहिरी मानिस कसैसँग भेटघाट गर्नुपरे माथिल्लो अधिकारीबाट स्वीकृति लिनुपर्ने प्रावधान लागू गरिएको हो ।

आदेश र परिपत्रको उल्लंघन गरे अभिलेखमा जनिने गरी हदैसम्मको विभागीय कारबाही गरिने भन्दै प्रहरी प्रधान कार्यालयले सचेत गराएको छ । सरुवा–बढुवामा दबाब बढेपछि प्रहरी प्रधान कार्यालयले यस्तो परिपत्र गरेर अनुशासनमा बाध्न थालेको छ । प्रहरीमा हाल एसपी र डिएसपीको सरुवाको तयारी भइरहेको छ । सरुवाका लागि नेतामार्फत अत्याधिक दबाब आएपछि आईजीपी बसन्त कुँवरले परिपत्र गर्दै कारबाहीको चेतावनी दिएका हुन् ।

परिपत्रमा भनिएको छ ,‘विभागीय नीति नियमको धज्जी उडाउने, सांगठनिक गोपनियता भंग गर्ने, नागरिक–प्रहरीबीचको अनुशासनात्मक एवं व्यवसायिक विश्वासको प्रतिकूल एवं पदीय दायित्वअनुसारको जिम्मेवारी निर्वाह गर्दा खरो रुपमा उत्रनु पर्नेमा सो नगरी शक्तिका अगाडि समर्पित हुने गरी कुनै विशेष व्यक्ति र शक्तिको अगाडि नतमस्तक भई संगठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी जिम्मेवारी प्रति उदासिन रहने गरेको भन्ने घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

कामै नै छाडेर सरुवाका लागि प्रहरी अधिकारी यतिबेला शक्तिकेन्द्र धाउन व्यस्त भएपछि प्रहरी नेतृत्वले कडाई थालेको हो । अत्याधिक चलखेलका कारण एसपी र डीएसपी नियमित सरुवा हुन सकेको छैन् । सशस्त्र प्रहरी बलले तीन महिनाअघि नै यस्तो आचारसंहिता लागू गरी केही अधिकृतलाई कारबाही समेत गरिसकेको छ ।

खासगरी सरुवा, बढुवा, पुरस्कारलगायत विभिन्न वृत्ति विकाससम्बन्धी निर्णयमा अधिकृत तथा जवानहरूले मन्त्री, प्रशासक, सांसद, राजनीतिक दलका नेता÷कार्यकर्ता, व्यापारीलगायत विभिन्न शक्तिकेन्द्रबाट प्रहरी प्रधान कार्यालयमा दबाब बढाएपछि परिपत्र जारी गर्नुपरेको प्रहरीका उच्च अधिकारीले बताएका छन् ।

परिपत्रमा ‘पेसागत अनुशासनयुक्त स्वच्छ एवं व्यावसायिक प्रहरीका रूपमा मुलुक र नागरिकको सेवामा खटिनुपर्ने प्रहरीमा आबद्ध केही सदस्यहरू सांगठनिक मूल्य र मान्यताको बर्खिलाप संगठनको गरिमा तथा मर्यादामा आँच आउने गरी व्यक्तिगत स्वार्थ तथा अभिलाशा पूर्तिका लागि सांगठनिक मूल्यमान्यता एवं आदेशको शृंखलालाई बेवास्ता गरी विभिन्न शक्तिकेन्द्र तथा व्यक्तिलाई भेट गर्दै हिँड्ने तथा विभिन्न माध्यमबाट सम्पर्क स्थापित गर्ने कार्यमा संलग्न हुँदा सांगठनिक अनुशासनको क्रमभंगता भएको’ पनि उल्लेख छ ।

परिपत्रमा उल्लेखित विषयले नेपाल प्रहरीमा चरम राजनीतिक हस्तक्षेप भएको पुष्टि गरेको छ । चेन अफ कमान्डमा चल्ने संगठनमा यो अवस्था आउनु दुर्भाग्यपूर्ण हो ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top