NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

जसलाई फुटबल खेल्न उमेरले छेकेन ! मैदानका बाघहरु

सोमवार भदौ २४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
जसलाई फुटबल खेल्न उमेरले छेकेन ! मैदानका बाघहरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२४ भदौ ,एजेन्सी ।

क्रोएसियाका कप्तानसमेत रहेको मिडफिल्डर लुका मोड्रिच आजकै दिनबाट ३९ वर्षमा टेके । सन् २००६ को मार्चमा अर्जेन्टिनासँग खेल्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरेका मोड्रिचले आज जन्मदिन मनाउँदै छन् ।

२० वर्षको उमेरबाट राष्ट्रका लागि खेल्न थालेका मोड्रिचले करिब–करिब १८ वर्षभन्दा बढी क्रोएसियाका लागि खेलिसकेका छन् । त्यस अवधिमा १८० खेलमा २७ गोल गर्न भ्याएका मिडफिल्डर मोड्रिचले सन् २०१८ को विश्वकपमा क्रोएसियालाई उपविजेता बनाएका थिए ।

त्यसै वर्ष उनले फुटबलका महान हस्तीद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको दबदबा तोड्दै बालोन डी‘ओर जस्तो प्रतिष्ठित पुरस्कार हात पारे । क्लब करिअरमा स्पेनको रियल मड्रिड, इंग्ल्यान्डको टोटनह्याम हटस्पर र क्रोएसियाकै डायनामो जाग्रेबबाट कुल ७८२ खेलमा ८३ गोल गरेका छन्, मोड्रिचले।

अझै रियलका लागि खेलिरहेका उनी फुटबल करिअरको अन्त्यतिर आइपुगेको अनुमान लगाउन सकिन्छ । तर, उनी भने राष्ट्रका लागि योगदान दिनमा कटिबद्ध देखिन्छन् ।आजै ३९ वर्ष पुगेका ‘बड्डे ब्वाइ’ उनै मोड्रिचले गरेको निर्णायक गोलमा क्रोएसिया जित दर्ता गरेको थियो ।

युरोपियन नेसन्स लिगअन्तर्गत समूह चरणको दोस्रो खेलमा उनकै निर्णायक गोलमा क्रोएसियाले पोल्यान्डविरुद्ध१–० गोलको जित हात पारेको थियो । उनले बक्सको किनाराबाट प्रहार गरेको उत्कृष्ट फ्रिकिकले सीधै जाली चुमेको थियो।

यसैले पनि प्रमाणित गरेको छ उनीसँग अझै उत्कृष्ट प्रदर्शन गर्ने गुण छ। उक्त खेलपछि मोड्रिचले कहिले राष्ट्र र क्लबका लागि बुट बिसाउलान् भन्ने प्रश्न सोधिएको थियो, जसमा उनी भने अहिले नै सन्न्यास लिने बेला आइनसकेको बताउँछन् ।

मोड्रिच उनै रोनाल्डोका पूर्वसहकर्मी हुन्, जो अझै पनि आफ्नो देशका लागि सधैंजस्तै अभिन्न छन्। पाँच पटक च्याम्पियन्स लिग जितेर ‘मिस्टर च्याम्पियन्स लिग’ कहलिएका रोनाल्डोले पाँचै पटक बालोन डी‘ओर जितेका छन् भने पोर्चुगललाई युरो कप र नेसन्स लिगको उपाधि पनि दिलाएका छन् ।

पुरुष फुटबलको इतिहासमा सर्वाधिक धेरै ९०१ गोल गरेका रोनाल्डो अझै उपाधि र पुरस्कारका भोका छन् । अझै गोल गर्नु छ, नाम र दाम दुवै कमाउनु छ उनलाई । उमेरले ३९ वर्ष पार गर्न आँटे ।

तर, उनलाई उमेरले फुटबल खेल्न छेकेको छैन् । आइतबार रातिमात्र कप्तान रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले जित निकाल्यो । नेसन्स लिगकै खेलमा स्कटल्यान्डविरुद्ध १–१ गोलको बराबरी रहेकै बेला रोनाल्डोले गोल गरेपछि पोर्चुगल लगातार दोस्रो जित निकाल्न सक्षम भयो ।

जसबाट ३९ वर्षको उमेरमा पनि पोर्चुगलले किन आफूलाई निरन्तरता दिइरहेका छ भन्ने कुरा रोनाल्डोले प्रमाणित गरिदिए । हाफ टाइममा विकल्पका रूपमा मैदान प्रवेश गरेका उनले ८८औं मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाएका हुन्।

यसबाट के स्पष्ट हुन्छ भने रोनाल्डोको प्रभाव मैदानमा सधैं उस्तै हुन्छ, चाहे उनले सुरुआती ११ बाट सुरु गरून् या बेन्चबाट ! आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १३२ मा पु¥याएका रोनाल्डो हाल अल नासरबाट साउदी प्रो–लिग खेलिरहेका छन् ।

त्यसअघि इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल मड्रिड, इटालीको युभेन्टसबाट व्यवसायिक फुटबल खेलेका रोनाल्डोले जित्न बाँकी भनेको फिफा विश्वकपको उपाधिमात्र हो ।

१८ वर्षयता पोर्चुगलका लागि खेलिरहेका उनीमाथि समय–समयमा सन्न्यासको प्रश्न तेर्सिने गरेका छन् । हालैमात्र उनले जबाफमा भनेका छन्, ‘मैले कहिले सन्न्यास लिन्छु भन्नेबारे म आफैंलाई थाहा छैन ।

मैले चाँडै सन्न्यास लिनुप¥यो भने आगामी दुई वा तीन वर्षमा लिन्छु । तर सम्भवतः म अल नासरबाटै सन्यास लिन्छु ।’ मोड्रिच र रोनाल्डोभन्दा उमेरमा दुई वर्षमात्र कान्छा हुन्, विश्वकप विजेता लियोनल मेसी ।

सर्वाधिक आठ पटकका बालोन डी‘ओर विजेता मेसी क्लब र राष्ट्र दुवैतर्फ कप्तानको भूमिकामा छन् । अर्जेन्टिनालाई विश्वविजेता बनाएका मेसीले अहिले अमेरिकन क्लब इन्टर मियामीबाट प्रभावशाली खेल खेलिरहेका छन् ।

अरू पनि थुप्रै खेलाडी छन्, जसलाई फुटबल मैदानमा उत्रिन उमेरले छेकेको छैन । तर, रोनाल्डो, मोड्रिड, मेसीको भने यो उमेयरमा पनि विश्व फुटबलमा प्रभावशाली सक्रियता छ ।

विश्वकै बुढा खेलाडीका रुपमा व्यवसायिक फुटबल खेलिरहेका खेलाडी भने ५७ वर्षे जापानी फरवार्ड काजुयोशी मिउरा हुन् । उनी जापान फुटबल लीग क्लब एटलेटिको सुजुकाका लागि फरवार्डको रूपमा खेल्दै आएका छन् । उनले जापानको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय करिअरमा ५५ गोल गरिसकेका छन्।

Tags: #मिडफिल्डर लुका मोड्रिच#लुका मोड्रिच

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.