ह्वील स्टेरिङ लक भएपछि श्रीएयरलाइन्सको विमान ‘डाइभर्ट’

२३ भदौ ८१, सोमबार

२४ भदौ, विराटनगर ।

Advertisement

काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ ।

विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इन्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’ गरिएको हो । श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

Advertisement

सोमबार बिहान काठमाडौंबाट सुर्खेतका लागि उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको हो ।

ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो र अहिले विमानस्थलबाट हुने अन्य उडान नियमित सञ्चालन भइरहेको प्रवक्ता शेर्पाले दिए ।

Advertisement

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्यसम्म बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top