Nepal Times
Nepal Times
3
Shares

केन्यामा १७ बालबालिकाको मृत्यु

केन्यामा १७ बालबालिकाको मृत्यु

२४ भदौ ,एजेन्सी ।

केन्याका राष्ट्रपति विलियम रुटोले एक विद्यालयमा भएको आगलागीमा १७ बालबालिकाको मृत्यु भएपछि घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

आगालागीबाट १७ जनाको ज्यान गएको छ भने १३ जना गम्भीर घाइते भएका छन् ।

रुटोले न्यारीको हिलसाइड एन्दाराशा एकेडेमीमा भएको आगलागीमा दोषीलाई कारबाही गरिने बताए ।

राष्ट्रपतिले सरकारी निकायलाई पनि पीडितलाई सहयोग गर्न स्रोत परिचालन गर्न निर्देशन दिए ।

आगलागीमा परी मृत्यु हुनेको उमेर सातदेखि ११ वर्षको रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय प्रहरी सेवाका प्रवक्ता रेसिला ओनयाङ्गोले आगलागीको कारण पत्ता लगाउन सुरक्षा विज्ञहरूको टोलीले अनुसन्धान गरिरहेको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.