×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेसमा अबको सभापति को ? शशांक र शेखर दुवैको आकंक्षा

२४ भाद्र २०८१

२४ भदौ, काठमाडौं ।

सत्तारूढ दल नेपाली कांग्रेसभित्रमा प्रधानमन्त्री पद शेरबहादुर देउवाले सम्हाल्नेजस्तो देखिएपछि सभापतिमा आकंक्षा राख्नेहरू बढ्न थालेका छन् ।

सत्ता समीकरण फेरबदल नभएमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालो सकिएपछि गठबन्धनबीचको सहमतिअनुसार देउवाले मुलुकको कार्यकारी भूमिका सम्हाल्ने छन् । त्यसपछि भने कांग्रेसले नयाँ सभापति पाउने हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

यसैबीच, कांग्रेसका प्रभावशाली नेता मानिने डा. शेखर कोइरालाले सभापतिमा इच्छा जताइरहँदा अर्का नेता डा. शशांक कोइरालाले आकंक्षा प्रस्तुत गरेका छन् ।

नवलपरासी पूर्व-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका हुन् ।

सोमबार काठमाडौंमा विश्वेश्वरप्रसाद कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यसपटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताए ।

बिपीको छोरो हुनेबित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताए । उनले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँचपटक जितिसकेको बताए ।

विधानअनुसार २०८२ मंसिरभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । जसमा मोरङ क्षेत्र नम्बर ६ बाट संघीय सदनका लागि निर्वाचित बनेका शेखर कोइरालाले पनि इच्छा जताइरहेका छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top