बालिकालाई प्रयोग गरी अश्लील भिडियो निर्माणमा रियल मड्रिडका खेलाडीको संलग्नता

२३ भदौ ८१, सोमबार

२४ भदौ, एजेन्सी ।

बालिकामाथि ‘यौन हर्कत’ गरेर अश्लील भिडियो निर्माण गर्ने काममा स्पेनिस क्लब रियल मड्रिड एकेडेमीका केही खेलाडीहरूको संलग्नता रहेको पुष्टि भएको छ ।

स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोका अनुसार मड्रिडको एकेडेमीका खेलाडीहरूले बालिका प्रयोग गरी अश्लील भिडियो छायाकन गर्ने वितरण गर्ने काम गरेका थिए ।

Advertisement

घटना पछिल्लो समरको हो । रियलका केही खेलाडीहरूले दुई किशोरीसँग शारीरिक सम्बन्ध बनाउँदै गरेको भिडियो छायाकन गरेका थिए, जसमध्ये एक जना नाबालिका रहेको रिपोर्टहरूले जनाएको छ ।

उक्त भिडियो सामाजिक सञ्जालका विभिन्न ‘च्याट ग्रुप’ मा पठाएका थिए । त्यसरी भिडियो रेकर्ड गरेर वितरण गर्नेमध्ये तीन जनालाई क्लबले निकालिसकेको छ ।

Advertisement

स्पेनिस प्रहरीले अनुसन्धान थालेपछि उनीहरूलाई क्लबले निकालेर अनुसन्धानलाई सहजीकरण गरेको थियो । ती खेलाडीहरूलाई पक्राउ गरेपछि बयानका क्रममा उनीहरूले स्पेनभरिका फुटबलरहरू भएको च्याट ग्रुपहरूमा पठाएको स्वीकारेका थिए ।

यस विषयमा प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ । यस घटनामा दोषी ठहर भएमा ती खेलाडीहरूलाई कम्तीमा पाँच वर्षको कैद सजाय हुने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top