कोशीका पूर्वमुख्यमन्त्री कार्की भोलिदेखि आमरण अनशन बस्ने

२३ भदौ ८१, सोमबार

२४ भदौ, विराटनगर । 

Advertisement

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मंगलबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन् । सोमबार पत्रकार महासंघ मोरङको सभाहलमा पत्रकार सम्मेलन गर्दै सत्तारूढ दल नेपाली कांग्रेसका नेतासमेत रहेका कार्कीले अनसन थाल्ने जानकारी दिएका हुन् ।

मंगलबार अपराह्न ४ बजेदेखि कोशी प्रदेशसभा अगाडि आमरण अनशन बस्ने उनले घोषणा गरेका हुन् । केदारले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई आइतबार दिउँसो २ बजे ४८ घण्टाको अल्टिमेटम दिँदै आफू मुख्यमन्त्री हुँदा सुरु गरेका मुख्य कार्यक्रमलाई पुनः सञ्चालन नगरे मंगलबारदेखि अनशन गर्ने चेतावनी दिएका थिए ।

Advertisement

उनले मुख्यमन्त्री हिक्मतले आफूले ल्याएका १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत सेवासहितको निःशुल्क उपचारसहितका ९ कार्यक्रमलाई कटौती गरिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

खारेज गरिएको कार्यक्रममा बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घिउ तथा धुलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी-मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति, डाक्टर, इन्जिनियर लगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति र जनावरमैत्री जंगल भएको केदारको दाबी छ ।

Advertisement

उनले आफूले गर्ने आमरण अनशन पार्टीको कार्यक्रम नभई पार्टीको तहभन्दा माथि उठेको आम जनताको मुद्दा र कार्यक्रम भएको जिकिर गरेका छन् । कार्कीले मर्छु तर बिचमा आमरण अनशन छोडेर नहिँड्ने उद्घोषसमेत गरे ।

पत्रकार सम्मेलनमा विराटनगर महागनरपालिकाका प्रमुख नागेश कोइरालाको पनि उपस्थिति थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top