२४ भदौ, एजेन्सी ।
बालिकामाथि ‘यौन हर्कत’ गरेर अश्लील भिडियो निर्माण गर्ने काममा स्पेनिस क्लब रियल मड्रिड एकेडेमीका केही खेलाडीहरूको संलग्नता रहेको पुष्टि भएको छ ।
स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोका अनुसार मड्रिडको एकेडेमीका खेलाडीहरूले बालिका प्रयोग गरी अश्लील भिडियो छायाकन गर्ने वितरण गर्ने काम गरेका थिए ।
घटना पछिल्लो समरको हो । रियलका केही खेलाडीहरूले दुई किशोरीसँग शारीरिक सम्बन्ध बनाउँदै गरेको भिडियो छायाकन गरेका थिए, जसमध्ये एक जना नाबालिका रहेको रिपोर्टहरूले जनाएको छ ।
उक्त भिडियो सामाजिक सञ्जालका विभिन्न ‘च्याट ग्रुप’ मा पठाएका थिए । त्यसरी भिडियो रेकर्ड गरेर वितरण गर्नेमध्ये तीन जनालाई क्लबले निकालिसकेको छ ।स्पेनिस प्रहरीले अनुसन्धान थालेपछि उनीहरूलाई क्लबले निकालेर अनुसन्धानलाई सहजीकरण गरेको थियो । ती खेलाडीहरूलाई पक्राउ गरेपछि बयानका क्रममा उनीहरूले स्पेनभरिका फुटबलरहरू भएको च्याट ग्रुपहरूमा पठाएको स्वीकारेका थिए ।
यस विषयमा प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ । यस घटनामा दोषी ठहर भएमा ती खेलाडीहरूलाई कम्तीमा पाँच वर्षको कैद सजाय हुने बताइएको छ ।