×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एम्बाप्पे बेन्चबाट मैदान प्रवेश गरेको खेलमा फ्रान्सले बेल्जियमलाई हरायो

२५ भाद्र २०८१

२५ भदौ, विराटनगर । 

चौथौ संस्करणको युरोपियन नेसन्स लिगमा फ्रान्सले पहिलो जित आत्मसात् गरेको छ । सोमबार राति भएको दोस्रो चरणको खेलमा फ्रान्सले बेल्जियमलाई २-० गोलले हराएको हो ।

Advertisement

सन् २०१८ को विश्वविजेता फ्रान्स र फिफा वरीयताको छैटौं टोली बेल्जियम फ्रान्सको लियोनस्थित ग्रुपमा स्टेडियममा खेलेका थिए, जसमा घरेलु टिमलाई जिताउन रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले एक-एक गोल गरे ।

स्टार फरवार्ड तथा कप्तान किलियन एमबाप्पे भने बेन्चबाट मैदान प्रवेश गरेका थिए । तर, उनी मैदान छिर्नुअगावै पेरिस सेन्ट जर्मेन (पिएसजी) मा एमबाप्पेका दुई पूर्वसहकर्मी मुआनी र डेम्बेलेले गोल गरिसकेका थिए ।

खेलको ३०औं मिनेटमा कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सलाई तीन अंक दिलाए ।

Advertisement

जितसँगै फ्रान्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्सको शीर्ष स्थानमा रहेको इटालीको भन्दा तीन अंक कम छ ।यसअघि फ्रान्स यही मैदानमा शुक्रबार राति भएको खेलमा इटालीसँग ३–१ ले पराजित भएको थियो ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top