कति छ आजको सुनचाँदीको मूल्य ?

२५ भदौ, काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा सामान्य रूपले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा दुई सय रुपैयाँले वृद्धि भएर प्रतितोला एक लाख ५२ हजार ४०० मा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य एक लाख ५२ हजार दुई सय थियो भने भदौ २१ गते शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च एक लाख ५३ हजार तीन सयमा कारोबार भएको थियो ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा दश रुपैयाँले बढेरर एक हजार सात सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Scroll to Top