×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

फ्रान्ससँग हारेपछि बेल्जियममा ‘खैलाबैला’, सन्न्यास लिने डी ब्रुयनको संकेत !

२५ भाद्र २०८१

२५ भदौ, एजेन्सी । 

चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत फ्रान्ससँग हारेपछि बेल्जियमको टोलीभित्र आन्तरिक किचलो उत्पन्न भएको छ । सोमबार राति भएको दोस्रो चरणको खेलमा बेल्जियम फ्रान्ससँग २–० गोलले पराजित भएको थियो ।

Advertisement
Advertisement

सन् २०१८ को विश्वविजेता फ्रान्स र फिफा वरीयताको छैटौं टोली बेल्जियम फ्रान्सको लियोनस्थित ग्रुपमा स्टेडियममा खेलेका थिए । जसमा रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले एक–एक गोल गरेपछि घरेलु टोली विजयी हुँदा पाहुना टोली स्तब्ध बनेको थियो ।

त्यसअघि हंगेरीमा भएको आफ्नो पहिलो खेलमा इजराइललाई २–१ गोलले हराएको थियो, बेल्जियमले । पहिलो खेलमा केभिन डी ब्रुयनले दुई तथा युरी टाइलेमान्सले एक गोल गरेका थिए । तर, दोस्रो खेलमा भने बेल्जियमको प्रदर्शन अपेक्षाकृत रहेन । खेलको ६७औं मिनेटसम्म फ्रान्स किलियन एम्बाप्पेबिहिन थियो ।

त्यसको फाइदा उठाएर गोल गर्न असफल बन्यो, बेल्नियम । एम्बाप्पले खेलको ६७औं मिनेटमा मैदान प्रवेश गरेर फ्रान्सेली टोलीको आत्मविश्वास बढाएका थिए । तर, उनी प्रवेश गर्नुअगावै मुआनी र डेम्बेलेको गरेको गोल नै फ्रान्सको जितमा पर्याप्त बन्यो ।

फ्रान्ससँग पराजय खेपेपछि बेल्जियमको टोलीमा खैलाबैला भयो । टिमभित्र नयाँ युद्ध सुरु भएपछि स्टार मिडफिल्डर केभिन डी ब्रुयन अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने संकेतसम्म गरेका छन् । म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्दै आएका ब्रुयनले खेलपछि बेल्जियन टिमका टेक्निकल डाइरेक्टर फ्रान्क भेर्कुटेरेनलाई ‘मैले छोडेँ’ भनेका हुन् ।

१४ वर्षअघि बेल्जियमका लागि डेब्यु गरेर एक सय सात खेल खेल्दै ३० गोल गरेका ब्रुयनले भनाभनपछि निराशा प्रकट गरेका हुन् । बेल्जिमयका कप्तानसमेत रहेका उनले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै डोमेनिको टेडेन्स्को नेतृत्त्वको टोलीका सहकर्मीहरूविरुद्ध पनि ‘फायर’ खोलेका थिए ।

विपक्षी टोली फ्रान्स तुलनात्मक रूपमा बलियो हो कि! भन्ने पत्रकारको प्रश्नमा उनले भनेका छन्, ‘हो, पक्कै पनि । फ्रान्सका बारेमा भन्नैपर्दैन । प्रतियोगिता प्रतिस्पर्धात्मक हुन्छ नै, यसमा उत्कृष्ट खेल्न सकिएन भने नजिता राम्रो आत्मसात् गर्न सकिँदैन पनि ।’

करिब डेढ दशकयता राष्ट्रका लागि खेल्दै आएका उनले अब राष्ट्रिय टोलीबाट नखेल्नेजस्तो संकेत गरे । ‘हामीले मैदानमा सबैथोक खर्चिनुपर्ने थियो, तर कसैको पनि मिहिनेत देखिएन,’ उनले भने, ‘मैले स्वीकार गर्नैपर्छ किन हामीले राम्ररी खेल्न सकेनौं । म अहिले ३३ वर्ष भएँ । म अब गर्न कुनै हालतमा गर्न सक्दिनँ पनि ।’

ब्रुयनको संकेतलाई लिएर पत्रकारहरूले प्रशिक्षक टेडेस्कोलाई प्रश्न तेर्स्याएका थिए, जसमा बोल्दै उनले भने, ‘उनको निराशा स्वभाविक हो । केभिन विजेता हुन्, उनी भावुक छन् । मलाई पनि उनले अन्तर्राष्ट्रिय खेल खेल्न छोड्छन् कि भन्ने छ । तर, शान्त बसौं, उनले त्यस्तो निर्णय लिँदैनन् ।’

Advertisement

नेसन्स लिगमा दुई खेल खेलेको बेल्जियम लिग ‘ए’ अन्तर्गत समूह २ को दोस्रो स्थानमा छ । तेस्रो स्थानमा छ । अब, उसले अक्टोबरमा इटाली र फ्रान्ससँग अनि नोभेम्बरमा इटाली र इजराइलसँग खेल्ने छ ।

भर्खरको समाचार

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

सम्बन्धित खबरहरु

Scroll to Top