सिंगापुर डलर नेपाल पठाउँदा जेल

२४ भदौ ८१, मंगलबार

२५ भदौ , एजेन्सी ।

Advertisement

नेपाली नागरिकहरु भारत, बेलायती,अमेरिका लगायत विभिन्न देशका सेनासँगै सिंगापुर प्रहरीमा पनि भर्ती भएर काम गर्दै आइरहेका छन् । वैध बाटोबाट कम हिजोआज अवैध बाटो हुँदै विदेश पुगेर त्यहाँका सेनामा भर्ती हुने गरेका खबरहरु हामीले सुन्दै आइरहेकै कुरा हो । अहिले पछिल्लो समय रुस–युक्रेन युद्धमा पनि पैसाको प्रलोभनमा परी रुस–युक्रेन पुगेका विद्यार्थी तथा श्रमिकहरु युद्धमा सहभागी रहेको,कतिपय अझै बन्धक रहेको र कतिपयको मृत्यु भएको खबर पनि आइरहेकै छ ।

यस्तोमा ती देश वा अन्य देशहरुमा पुगेका केही नेपालीहरु त्यहाँको कानूनले वर्जित गरेको काम गर्दा सजायको भागीदार भएको खबर बेलाबेला आउने गरेका छन् ।केही समय अघि मात्रै मलेसियामा रहेका कही नेपाली श्रमिकहरु गैरकानूनी रुपमा मदिराको उत्पादन तथा बेचबिखन गरेको आरोपमा पक्राउ परेको खबर आएको थियो ।यस्तै अर्को एक घटना गैरकानुनी काम गर्दा सिंगापुरमा नेपालीहरु पक्राउ परेको घटना सार्वजनिक भएको छ ।

Advertisement

घटना मार्च २०२३ को हो, सिंगापुर प्रहरीले गोर्खा कन्टिन्जेन्टमा छापा मार्दा त्यहाँ कार्यरत पाँच जना नेपाली पक्राउ परेका थिए ।सोही विषयमा अनुसन्धान पछि पाँच जना नेपालीलाई हुण्डी कारोबारमा संलग्नताको आरोपमा जेल सजाय सुनाइएको छ । उनीहरुमाथि १ लाखदेखि २८ लाख सिंगापुर डलर अवैध रुपमा नेपाल पठाएको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

उनीहरूलाई भुक्तानी सेवा ऐन (पीएसए) अन्तर्गतको आरोप स्वीकार गरेपछि सेप्टेम्बर ५ मा जेल सजाय सुनाइएको थियो। सिंगापुरको अंग्रेजी दैनिक पत्रिका द स्ट्रेट्स टाइम्सका अनुसार, जेल सजाय हुनेमा वर्ष ३२ का दिकबहादुर गुरुङ, वर्ष ४३ का गंगाप्रसाद राई, वर्ष ३९ का अशोककुमार थापा मगर, वर्ष ४४ का मिङ्मार शर्पा र वर्ष ४० का सीताराम तामाङ रहेका छन् ।

Advertisement

उनीहरुमध्ये दिकबहादुरलाई कम्तीमा १० लाख सिंगापुर डलर अवैध रुपमा पठाएको आरोपमा १४ हप्ता जेल सजाय भएको छ ।गंगाप्रसादलाई ६ लाख पठाएको आरोपमा १० हप्ता जेल सजाय भएको छ । अशोककुमारमाथि १ लाख ३ हजार र मिङ्मारमाथि ४ लाख ७२ हजार रुपैयाँ अवैध रुपमा पठाएको आरोप छ । अशोकलाई चार हप्ता र मिङ्मारलाई ७ हप्ता जेल सजाय भएको छ ।

सीताराममाथि २८ लाख ६० हजार रुपैयाँ रुपैयाँ पठाएको आरोप छ । उनीहरुलाई सिंगापुरको भुक्तानी सेवा ऐन (पीएसए) अनुसार दोषी ठहर गर्दै ५ सेप्टेम्बरमा जेल सजाय भएको द स्ट्रेट्स टाइम्सले लेखेको छ । पत्रिकाका अनुसार, सिंगापुर प्रहरीले पाँच जनामाथि अवैध कारोबारको आरोप लागेलगत्तै फ्रन्टलाइन ड्यूटीबाट हटाएको थियो ।

जेल सजाय भएलगत्तै आन्तरिक कारबाही पनि सुरु हुने सिंगापुर प्रहरी फोर्सका प्रवक्ताले बताएका छन् । द स्ट्रेट्स टाइम्सका अनुसार, ४१ वर्षीय प्रतिक तामाङ नामका छैठौं व्यक्ति केही आरोपमा संलग्न रहेको अभियोजन पक्षले जनाएको छ । ४१ वर्षका प्रतीक थापामाथि पनि यस्तै किमिसको आरोपमा अनुसन्धान भइरहेको छ । तर, उनी हालसम्म फरार छन् ।

उनी सन् २००४ मा सिंगापुर प्रहरीमा जोडिएका थिए भने फेब्रुअरी २०२२ मा अवकाश पाएर नेपाल फर्किएका थिए । अभियोजक ब्रिएन तानले अदालतमा बताए अनुसार, प्रतीकले गोर्खा रेजिमेन्टका अधिकारीहरुका लागि सन् २०२१ जुनको आसपासबाट अवैध रकम ट्रान्सफर सेवा क्याम्पबाटै सुरु गरेका थिए । अदालतमा प्रस्तुत विवरणअनुसार, पछि उनले गंगा र दिकलाई आफ्नो काममा सामेल गराएका थिए ।

उनीहरुले रकम संकलन गर्न सीतारामलाई पनि प्रयोग गरेका थिए । ‘सिंगापुरमा पैसा लिएपछि प्रतीकसँग मोबाइलमा सम्पर्क हुने रहेछ,त्यसपछि उनले नेपालमा त्यही बराबरको रुपैयाँ रकम पठाउने व्यक्तिको परिवारलाई दिने गरेका थिए’, अभियोजनकर्ताहरुले भनेका छन् । मार्च २०२३ मा माउन्ट भेर्नन रोड नजिकैको जीसी क्याम्पमा प्रहरीले छापा मारेपछि सबै पाँच जना पुरुषहरू संलग्न अपराधहरू बाहिर आएको र त्यसपछि उनीहरुमाथि छानबिन थालेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top