Nepal Times
Nepal Times
3
Shares

एलन मस्क विश्वकै पहिलो खर्बपति बन्ने

एलन मस्क विश्वकै पहिलो खर्बपति बन्ने

२५ भदौ , एजेन्सी ।

पुनः विश्वका सबैभन्दा धनी व्यक्ति बनेका एलन मस्क सन् २०२७ सम्ममा विश्वकै पहिलो खर्बपति बन्ने सम्भावना रहेको देखिएको छ । अर्बपतिहरूको सम्पत्ति अनुगमन गर्ने संस्था इन्फर्मा कनेक्ट एकेडेमीको प्रतिवेदनले यस्तो अनुमान गरेको हो । एकेडेमीका अनुसार इलेक्ट्रिक कार निर्माण गर्ने कम्पनी टेस्ला, निजी रकेट कम्पनी स्पेसएक्स र सोसल मिडिया प्लाटफर्म एक्सको स्वामित्वमा रहेको मस्कको सम्पत्ति वार्षिक औसत ११० प्रतिशतले बढेको छ ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्क २४१ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा शीर्ष स्थानमा छन् । खर्बपतिको हैसियत हासिल गर्ने दोस्रो उद्यमी भारतीय व्यापारी गौतम अडानी हुने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । औद्योगिक समूह अडानी समूहका संस्थापक तथा अध्यक्ष गौतम अडानीको सम्पत्ति वार्षिक औसत १२३ प्रतिशतको दरले बढीरहेको छ ।

अझै केही वर्ष यही गतिमा वृद्धि भइरह्यो भने २०२८सम्ममा अडानी ट्रिलियनपतिको सूचीमा दोस्रो स्थानमा पर्नेछन् । हालसम्म विश्वका ८ वटा कम्पनीले मात्रै ट्रिलियन डलरको बजार पुँजीकरण पार गर्न सफल भएका छन् । यस सूचीमा माइक्रोसफ्ट, एप्पल, एनभिडिया, अल्फाबेट, अमेजन, साउदी आरामको, मेटा र वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवे समावेश छन् ।

सम्भावित अर्बपतिहरूको सूचीमा आश्चर्यजनक रूपमा चिप र सेमीकन्डक्टर दिग्गज एनभिडियाका सीईओ जेन्सेन हुआंगको नाम समावेश छ । उनी विश्वका धनी व्यक्तिको सूचीमा १८औँ स्थानमा छन् र उनको कुल सम्पत्ति ९० अर्ब डलरभन्दा बढी छ । मेटाका सीईओ मार्क जुकरबर्ग पनि सूचीमा परेका छन् र रिपोर्टले संकेत गरेको छ कि जुकरबर्ग ट्रिलियनरको सूचीमा पुग्न ६ वर्ष अर्थात् २०३० सम्म लाग्नेछ ।

यसैबीच, मस्कले हालै नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् । अब अमेरिकी राष्ट्रपतिको दौड निकै रोचक हुने भएकाले विश्वका सबैभन्दा धनी व्यक्तिले रिपब्लिकनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.