२५ भदौ , विराटनगर ।
इरानको एफ ए टि एच–३६० ब्यालेस्टिक मिसाइल रूसमा आपूर्ति भएको विषयले अमेरिकाको पनि मुटु धड्काएको छ । यहाँसम्म कि यूरोपियन यूनियनले सो हतियार सप्लाई भएको खबर पुष्टि भए लगत्तै इरानमाथि थप कडा प्रतिबन्धहरु ल्गाउने चेतावनी जारी गरेको छ । आखिर रूस र यूक्रेन युद्धमा प्रयोग हुनसक्ने यो मिसाइलमा त्यस्तो के खास कुरा छ र यसमा के विशेषताहरु छन्, जसले यसलाई निकै खतरनाक र मार हान्ने बनाएको छ भन्ने कुरामा धेरैको चासो बढेको छ । आज हामी यसैबारे चर्चा गर्छौ ।
खासमा, एफ ए टीएच–३६० वा एफ ए टी ई एच–३६० एक एसआरबीएम हो, जुन इरानले बनाउँछ । एसआरबीएम अर्थात शर्ट रेन्ज ब्यालेस्टिक मिसाइल । यी मिसाइलहरु आफ्नो सटीक निशाना र मोबिलिटीका लागि परिचित छन् । यसको मोबिलिटी यति शानदार छ कि यसलाई ट्रेस गर्न मुश्किल हुन्छ । एफ ए टी एच–३६० ठोस ईन्धन भएको ब्यालेस्टिक मिसाइल हो जसको सीमा लगभग ७५ मील हुने दाबी गरिन्छ । यसले दुश्मनका सैन्य प्रतिष्ठानहरु र आधारभुत संरचनाहरुलाई तहस नहस बनाउने क्षमता राख्छ ।
यो एक मिसाइलको वजन ७८७ किलोग्राम हुने बताइन्छ । र यसको गति म्याच(ःबअज) ३ देखि ४ रहेको छ । लिड फ्यूलबाट बनेको योे ब्यालेस्टिक मिसाइल १२० दखि ३०० किलोमीटरको सीमाका साथ तिब्र गतिमा तैनाथ गर्न सकिन्छ । एफ ए टीएच–३६०ले १५० किलोग्रामको वारहेडलाई क्यारी गर्न सक्छ । यो सानो हुने र निकै राम्रो मोबिलिटी दिने खालको छ त्यसो हुँदा यसको प्रयोग गर्नेले कयौं तरिकाले रुसलाई अपरह्याण्ड दिन सक्छन् ।
एफ ए टीएच–३६०को यसै डिजाइनका कारण यसलाई रोक्न मुश्किल छ । यो मिसाइलमा एक खास किसिमको अत्याधुनिक गाइडेन्स सिस्टमको प्रयोग गरिएको हुन्छ, र स्याटेलाइट नेभिगेशनका माध्यमबाट ३० मिटरको एक्यूरेसी यसले हासिल गर्छ । एफ ए टीएच–३६० ट्रकमा जडित सिस्टमबाट लन्च गरिन्छ । जुन कयौं मिसाइलहरुलाई तैनाथ गर्न सक्षम छ ।
मिडिया रिपोर्ट्सका अनुसार ईरानले रुसलाई २ सय एफ ए टी एच ३६० ब्यालेस्टिक मिसाइलहरु दिएको बताइएको छ । यसलाई लिएर यूक्रेन र अमेरिका दुवैले चिन्ता जनाएका हुन । तर इरान र रुस दुवैले यसलाई अस्वीकार गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, हामीले यो रिपोर्ट देखौं तर हरेक पटक झैं यस पटक पनि यो जानकारी सत्य होइन ।
इरान हाम्रो महत्वपूर्ण साझेदार हो, हामी आफ्नो व्यापार र आर्थिक सम्बन्धहरुलाई विकसित गरिरहेका छौं । हामी सबै संवेदनशील क्षेत्रहरुका साथै सबै संभावित क्षेत्रहरुमा आफनो सहयोग र संवाद विकसित गरिरहेका छौं । तर यता वाल स्ट्रीट जर्नलले पनि मिसाइलहरुको आपूर्ति भइरहेको लेखेको छ । यूरोपेली संघले पनि यसलाई सत्य मानेको छ । र यदी यो कुरा सत्य सावित भयो भने तेहरानमाथि नयाँ प्रतिबन्धहरु पनि लगाइने रिपोर्टहरुमा भनिएको छ ।
२०२२ फेब्रुअरीदेखि रुसले युक्रेनमा युद्ध सुरु गरेपछि मस्को र तेहरानको निकटता झनै बढेको देखिन्छ । यो युद्धमा इरानले रुसलाई आफ्नो शाहिद ड्रोन पनि आपूर्ति गरिरहेको छ । अहिले फेरि इरानले यस्तो मिसाइल रुसलाई दिएपछि अमेरिका उग्र हुने त भैगयो । त्यसैले उसले इरानलाई चेतावनी दियो । यता इरानले पनि यसमा आफ्नो कडा प्रतिक्रिया दिएको छ ।
इरानले भनेको छ, हामीमाथि मिसाइल सप्लाईको आरोप उनीहरुले लगाइरहेका छन् जसले युद्धमा एक पक्ष विशेषलाई सबैभन्दा धेरै हतियार दिइरहेका छन् । उसले अगाडि भनेको छ, इरानले रुसलाई मिसाइलहरु पठाएको भन्ने रिपोर्ट ‘मनोवैज्ञानिक युद्ध’ हो र इरान कुनै पनि एक पक्षको सपोर्ट गर्दैन । जबकि, स्वयं अमेरिकाले यूक्रेनलाई रूस–यूक्रेन युद्दमा फाइटर जेट र मिसाइल दिइरहेको छ । इरानले यस्तो प्रतिक्रिया दिइरहँदा यता यूक्रेनले पनि रूसलाई हतियार सहयोग गरेकोमा आपत्ति जनाएको छ ।
यसबीच यूक्रेनले रूसको राजधानी मस्को आसपास रातभर ड्रोनले बमबारी गरेको खबर छ । जसका कारण ती क्षेत्रहरु धुवाले पुरिएका देखिएका थिए । यद्यपि रुसले युक्रेनको १४४ ड्रोनलाई झारेको दाबी गरेको छ । तर मस्को आसपास यूक्रेनी ड्रोन हमलामा मानिसको मृत्यु समेत भएको बताइएको छ । यसबारेको जानकारी मंगलवार सो क्षेत्रका गभर्नरले नै दिएका हुन् । केही घाइते भएको पनि उनले जनाएका छन् ।
यो हमलामा कयौं आवासिय भवनहरुमा आगो लागेको छ । ३० भन्दा धेरै उडानहरु स्थगित गर्नु परेको थियो । यसअघि सेप्टेम्बरको सुरुमा पनि यूक्रेनले रूसको ऊर्जा केन्द्र र विद्युत संयन्त्रहरुमा कयौं ड्रोन हमला गरेको थियो । यूक्रेनमा घरेलू ड्रोन इंडस्ट्री तिव्ररुपमा बढिरहेको रिपोर्टमा बताइएको छ । यूक्रेनले रूसको ऊर्जा, सैन्य र परिवहन ठेगानाहरुमा लगातार ड्रोन आक्रमण गरिरहेको छ ।
यसकासाथै युक्रेनले अमेरिकामा माथि पनि थप शक्तिशाली हतियार दिन दबाव दिइरहेको छ ।पछिल्लो पटक जेलेन्स्कीले रुसमा यस्तो बेला धावा बोलेका छन्, जतिबेला युक्रेन युद्ध एक महत्वपूर्ण मोडमा आइपुगेको छ । भारत र चीनसमेत विश्वका कयौं देशहरुले यो युद्ध अन्त्य गर्न फेरि जुटेका छन् । भारतका तर्फबाट एनएसए अजीत डोभाल मध्यस्थता गर्नका लागि रुस जाने भएका छन्। यसअघि मोदी नै मस्को पुगेका थिए । त्यसपछि उनी किभ पुगेका थिए ।
पुटिनले पनि यो युद्ध अन्त्य गराउन भारत, चीन र ब्राजिलले सक्ने बताइसकेको छ ।यसैबीच यता रुस र चीनले यही सेप्टेम्बरमा संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । यसले पनि पश्चिमालाई झट्का लाग्ने छ । नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको छ ।
अभ्यासको उद्देश्य चिनियाँ तथा रूसी सेनाबीचको रणनीतिक सहयोगलाई मझबुत बनाई सुरक्षा खतरासँग संयुक्त रूपमा सामना गर्ने उनीहरूको क्षमता बढाउनु रहेको मन्त्रालयले उल्लेख गरेको छ । दुवै पक्षले संयुक्त समुद्री गस्तीका लागि ‘प्रशान्त महासागरको समुद्री क्षेत्र’ मा नौसेना पठाउनेछन् भने चीनले रूसको ओसन–२०२४ रणनीतिक अभ्यासमा पनि भाग लिनेछ ।
यसअघि जुलाईमा, दुई देशले चीनको गुआङ्गडोङ प्रान्तस्थित झानजियाङ सहर वरपरको पानी र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए । सन् २०२२ मा मस्कोले युक्रेनमा आक्रमण गर्नुअघि उनीहरूले सीमाविहीन साझेदारीको घोषणा गरेका थिए । यता पुटिनका मित्रसमेत रहेका उत्तर कोरियाका नेता किम जोङ उनले देशको आणविक हतियारको सङ्ख्या द्रुत गतिमा बढाउने बताएका छन् ।
सरकारी सञ्चार माध्यम केसीएनएले मंगलबार बताएअनुसार आणविक हतियारको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न किमले आणविक शक्ति निर्माण नीति लागू गरिरहेका छन् । किमले रुसलाई हतियारहरु सहयोग गरिरहेको अवस्थामा यो पनि पश्चिमाहरुका लागि चिन्ताजनक खबर नै हो । सोमबार उत्तर कोरियाको स्थापना दिवसको अवसर पारेर किमले एउटा भाषण पनि दिएका थिए ।
सो क्रममा राज्यको सुरक्षा अधिकार सुनिश्चित गर्न आफ्नो आणविक क्षमता बढाउनु पर्ने र यसलाई उचित तवरले प्रयोग गर्न तम्तयार हुनु पर्ने पनि उनले बताए । अमेरिका र यसका पिछलग्गुहरूबाट उत्पन्न अनेकौँ खतराहरूको सामना गर्न सैन्य उपस्थिति बलियो पार्न जरुरी रहेको उनको भनाइ थियो । यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।