प्रहरीभित्र त्रिकोणात्मक प्रेम : हवल्दारले प्रेमीसँग मिलेर सिध्याइन् वरिष्ठ इन्स्पेक्टरलाई !

२५ भदौ ८१, बुधबार

२६ भदौ, एजेन्सी । 

भारतको मध्य प्रदेशको राजगढ जिल्लामा प्रहरीबीचको त्रिकोणात्मक प्रेमका कारण वरिष्ठ निरीक्षकको हत्या भएको खुलेको छ । भारतीय मिडिया आजतकका अनुसार उनको हत्यामा महिला हवल्दारको संलग्नता रहेको आशंका पुष्टि भएको छ ।

प्रहरी इन्स्पेक्टर दीपांकर गौतमलाई कारले ठक्कर दिएर ज्यान लिएको आरोपमा महिला हवल्दार पल्लवी सोलंकी पक्राउ परेकी छन् । मध्यप्रदेशको पचोर प्रहरी स्टेसनमा कार्यरत पल्लबीका साथी करण ठाकुरलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Advertisement

मंगलबार ब्यावरा सहरको आगरा-मुम्बई राजमार्गमा करणले चलाउँदै गरेको पल्लबीको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार दीपांकर गम्भीर घाइते भएका थिए । घाइते उनको ब्यावरस्थित सिविल अस्पतालमा प्राथमिक उपचारपछि एउटा कारमा राखेर भोपाल रेफर गरिएको थियो । तर, कुरावर र श्यामपुरको बीच पुग्दा नपुग्दै बाटोमै उनको मृत्यु भएको हो ।

पल्लबी र करण मध्यप्रदेशबाट दीपांकरको हत्या गर्ने योजनाका साथ उत्तरप्रदेशस्थित देहात प्रहरी स्टेसन पुगेका थिए । प्रहरी स्टेसनबाट निस्किएका दीपांकरलाई गाडीले ठक्कर दिएपछि उनीहरू आफैं प्रहरी चौकी पुगेका थिए ।

Advertisement

राति अबेरसम्म प्रहरी उपरीक्षक आदित्य मिश्राले सोधपुछ गर्ने क्रममा दुवैले हत्या स्वीकार्दै त्रिकोणाात्मक प्रेम प्रसंग बाहिर निकालेका थिए । प्रहरीले करण र पल्लबी प्रेमी-प्रेमिका भएको र वरिष्ठ इन्स्पेक्टरसँग पनि कुनै न कुनै साइनो भएको आशंका गरेको छ । तथापि, यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top