×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

ओलीलाई भेटेर रविले दिए चेतावनी,तपाईलाई घातक हुनेछ

२६ भाद्र २०८१

२६ भदौ ,काठमाण्डौ ।

उपसभामुखले अमेरिकी भिसा दिलाउनका लागि आफ्नो पदको दूरुपयोग गरेको भन्दै उनलाई घटना भएको १८ महिनापछि पदबाट हटाउने तयारी गरेपछि सत्तारुढ र प्रतिपक्ष दलहरुबीचको सम्बन्ध थप चिसिएको छ ।

Advertisement
Advertisement

संसदबाटै उपसभामुखको राजीनामा माग भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सोचेको भए गलत हुने चेतावनी दिएका छन् ।

मंगलबार साँझ बालुवाटारमा ओलीसँग भएको भेटमा आफूले उपसभामुखलाई हटाउने कदम घातक हुने बताएको उनको भनाइ छ । पार्टीको सचिवालय बैठकपछि उनले भने, “गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । सरकारका प्राथमिकता धेरै छन् । दुई तिहाइ शक्ति कहाँ प्रयोग गर्ने भन्ने कुरा पक्कै बुझ्नुहुन्छ होला,” उनले सुनाए, “यदि हो, सत्य हो भने जे सोचिरहनुभएको छ । यो गलत छ, घातक हुन्छ भनेर बताएँ ।

प्रधानमन्त्रीले छलफल गर्ने बताएको उनको भनाइ छ । सत्तारूढ दलले उपसभामुख रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरिरहेको छ । राजीनामा नदिए पदीय आचरणसम्बन्धी प्रस्ताव ल्याएर हटाउने सत्ता गठबन्धनको तयारी छ । सोही विषयमा रास्वपाले आपत्ति जनाउँदै आएको छ ।

आज मात्रै रास्वपाले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ । उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरुले संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरु प्रतिवाद गर्न तयार रहेको बताएको हो ।

बुधवार संसदीय दलको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखको कदम गलत भएपनि स्पष्टिकरणको मौका दिनुपर्ने बताए । उनले १८ महिना अगाडिको प्रकरण अहिले निकालिएको भन्दै अहिले निकाल्नुको कारणबारे सत्तारुढ दलहरुलाई प्रश्न गरे ।

उनले आफूहरु सत्तारुढ दलहरुको आगामी कदमहरुलाई नियालीरहेको भन्दै उनीहरुको कदम अनुसार आफ्नो कदम निर्धारण गर्ने बताए । उनले भनेका छन्, यदि गलत थियो भने त १८ महिना अगाडी नै गलत थियो नि । आज आएर गलत भएको हो र ? त्यसैले उहाँहरुको इमान्दारितामा र दाउपेचमा प्रश्न । नयाँ गठबन्धन बनेपछि यो सान्दर्भिक भएको हो ?

त्यो बेला सान्दर्भिक थिएन भन्ने हाम्रो प्रश्न हो । अर्को कुरा यदि नराम्रो नै भयो भने नराम्रो भएपछि कानूनी प्रक्रिया छ नि । छानविन गर्न सकिन्छ । उहाँलाई स्पष्टिकरण दिने मौका दिनुपर्छ । त्यो सबै भएपछि बल्ल त्यहाँ पुग्ने हो । हाम्रो बुझाइ के हो भने संवैधानिक परिषद्मा उहाँहरुको बहुमत को हुनुपर्छ को हुनुपर्दैन भन्ने हो ।

कुनै पनि औपचारिक कदम चालिसकिएको छैन । संकलित हस्ताक्षर कतै दर्ता भइसकेको छैन । त्यसकारण हामी छलफल मात्रै गरिरहेका छौँ । यता नेपाली कांग्रेसले भने आजको संसद बैठकमा समेत उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेको छ ।

कांग्रेस सांसद प्रतिमा गौतमले अन्तर्वार्ताको मिति अघि सार्न भन्दै अमेरिकी दूतावासालई लेखेको पत्रले उपसभामुख पदबाट अपराध भएको भन्दै राजीनामा दिन माग गरिन् । उनले उपसभामुखमाथि लागेको आरोप महिला र करुणाले नछेकिने पनि बताइन् ।

त्यस्तै, सांसद शान्ति परियारले पनि उपसभामुखलाई मार्ग प्रशस्त गर्न आग्रह गरिन् । आजै कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई आफैँ मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले बैठकले सत्तारुढ दलहरुको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको बताए । उनले उपसभामुखको सो कार्यले संसदलाई अपमानित गरेको र मुलुकको शिर झुकाएको समेत बताएका छन् ।

यसको जवाफ भने रास्वपा सांसद झाले संसदमा दिएका छन् । झाले कांग्रेसलाई नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन भनेर प्रश्न गरेका छन् । उनले भने, ‘उपसभामुखले १९ महिनाअघि लेखेको एउटा पत्रमा उहाँले गल्ती भयो भनेर विज्ञप्ति निकालिसक्नुभएको छ ।

अहिले त्यसलाई राजनीतिक रूपमा चर्चा गरिँदैछ । बार्गेनिङका लागि त्यो लेटर प्रयोग गरिँदैछ । कांग्रेसको अभिव्यक्ति आयो नेपालको शिर झुकाउने काम भयो भनेर । नेपालको शिर त्यो बेला किन झुकेन नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाइयो ।’

सत्तारुढ दलको उपसभामुखलाई हटाउने योजनाको अन्य विपक्षी दलहरुले समेत विरोध जनाएका छन् । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन् । राउतले सरकारले संवैधानिक परिषद्मा आफ्नो बहुमत पु¥याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताए ।

संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले गलत नियत राखिएको उनको भनाई छ । अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने बताए । यसअघि मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले समेत संवैधानिक परिषद्मा सहज बहुमत पु¥याउन उपसभामुख इन्दिरा रानाबिरुद्ध अभियोग लगाउने तयारी गरिएको भन्दै बिरोध जनाएका थिए ।

उपसभामुखलाई पदबाट हटाउने तयारी स्वरुप नै नेकपा एमालेले असोज ३ गतेसम्म काठमाडौं नछोड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । उपसभामुख रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो।

उपसभामुख सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन् ।

उनले पत्रमा आफूसहित सबैका लागि उक्त कार्यक्रम महत्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेकी थिइन्। पत्र सार्वजनिक भएपछि उनले आफूबाट भूलबस गल्ती भएको भन्दै माफी मागेकी थिइन् ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top