पक्राउ परे हास्य कलाकार ‘इकु’, के रहेछ कसुर ?

२५ भदौ ८१, बुधबार

२६ भदौ, काठमाडौँ । वन मान्छेको भूमिका निभाएर टेलिसिरियलदेखि फिल्मसम्म गरेका हास्य कलाकार सुलेमान शंकर (इकु) पक्राउ परेका छन् ।

कलाकारको भिसामा मानव तस्करी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले  मंगलबार काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–३ हात्तीगौडाबाट पक्राउ गरेको हो ।

कलाकार भिसामा युरोप पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाउने काम गरेको आरोपसहित दुई जनाले जाहेरी दिएपछि सिआइबीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो।

Advertisement

पीडित दुई जनाले युरोप पठाइदिने भन्दै इकुले जनही दुई लाख ५० हजार रुपैयाँ लिएको किटानी जाहेरी दिएका छन् । त्यस्तै अन्य दुई जना व्यक्तिमध्ये एक जनासँग नाै लाख र अर्कोसँग पाँच लाख रुपैयाँ लगेको जाहेरी पनि आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनले दुई जनालाई अहिलेसम्म युरोप पठाएको पनि खुलेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top