इंग्ल्यान्ड छोडेको २२ महिनापछि किन युनाइटेडका प्रशिक्षकसँग रिसाए रोनाल्डो ?

२५ भदौ ८१, बुधबार

२६ भदौ, एजेन्सी । 

पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छोडेको २२ महिना भयो । सन् २०२१ अगस्टमा दोस्रो पटक युनाइटेडमा आबद्ध भएका उनले ओल्ड ट्राफोर्डमा दोस्रो इनिङमा १३ महिना खेले ।

सन् २०२२ को नोभेम्बरमा क्लब छोडेका उनले अघिल्लो वर्षको सुरुदेखि साउदी अरेबियन क्लब अल नासरबाट खेल्न थालेका हुन् । ३९ वर्षीय रोनाल्डोले नासरबाटै खेल्न थालेको १८ महिना भयो ।

यसबीचमा उनी युनायटेडको दोस्रो इनिङलाई लिएर असन्तुष्ट बनेका छन् । विशेषगरी युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले आफूलाई हौसला प्रदान नगरको रोनाल्डोको गुनासो छ ।

‘जब म युनाइटेड फर्किएको थिएँ, म त्यसबेला धेरै खुसी थिए,’ रियो फेर्डिनेन्डसँग फाइभ युकेमा कुराकानी गर्दै उनले भनेका छन्, ‘म उत्कृष्ट गोलकर्तामध्येको एक थिएँ । मैले क्लबमा अविश्वसनीय प्रदर्शन गरेकै थिएँ । ३७ वर्षको उमेरमा म लिगकै तेस्रो उत्कृष्ट गोलकर्ता थिएँ ।’

राम्रै प्रदर्शन गरिरहँदा पनि प्रशिक्षक ह्यागले हौसला बढाउनुपर्नेमा हतोत्साहित बनाएको भन्दै उनी रिसाए । ‘युनाइटेडका प्रशिक्षक… प्रिमियर लिग वा च्याम्पियन्स लिगमा तिमी भिड्न सक्दैनौं भनेर निराश तुल्याउँथ,’ उनले थपे, ‘बरु, हामी प्रयास गरौं, तिमी पनि आफ्नो प्रयास जारी राख भन्नुपर्थ्यो । यदि, उनी नृदयी थिएनन् भने, उनले मलाई सहयोग गर्न सक्थे ।’

यसअघिका प्रशिक्षकहरूले आफूलाई विश्वास गरेर सहयोग गरेको पनि रोनाल्डोको भनाइ छ । एरिक टेन ह्यागसँग रहँदा रोनाल्डोले मात्र १६ खेल खेल्ने अवसर पाए, जसमाले उनले तीन गोल र दुई असिस्ट गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top