×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

इजरेलले भारतबाट १५ हजार कामदार लैजाने, तलब कति ?

२७ भाद्र २०८१

२७ भदौ ,एजेन्सी ।

विदेशी कामदारको भरमा रहेको युद्धग्रस्त देश इजरायलले नेपालका साथै छिमेकी मुलुक भारतबाट पनि ठूलो संख्यामा जनशक्ति लैजाने भएको छ । उसले आकर्षक सेवा सुविधाका साथ निर्माण र स्वास्थ्य क्षेत्रका लागि १५ हजार भारतीय कामदार माग गरेको छ ।

भारत सरकारलाई सम्पर्क गरी १० हजार कामदार निर्माण क्षेत्रका लागि र ५ हजार कामदार स्वास्थ्य क्षेत्रका लागि इजरायल सरकारले माग गरेको हो । भारतीय कामदारलाई इजरायलले मासिक तलब झण्डै दुई लाख भारू दिने बताएको छ ।

यस्तै खान, बस्न फ्री र हरेक महिना बोनस पनि दिने बताएको छ । कामदार छनोटका लागि इजरायली कम्पनीका प्रतिनिधिहरु यसै हप्ता भारत भ्रमणमा आउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । निर्माण क्षेत्रका कामदार छनोटका लागि महाराष्ट्रमा शिविर सन्चालन हुने छ ।

इजरायली टोलीले उक्त शिविरबाट आफ्नो मापदण्ड र सिप हेरेर कामदार छनोट गर्ने छ । इजरायल सरकारको बोर्डर अथोरिटी (पीआईबीए)ले फ्रेमवर्क, आइरन वेल्डिङ, प्लास्टिङ र सेरामिक टाइलिङमा काम गर्ने भारतीय कामदार आवश्यक परेको जनाएको छ । य

सका अलावा इजरायलले आफ्नो स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले पाँच हजार केयर गिभर कामदार पनि लैजाने छ । त्यसका लागि १० कक्षा पास गरेको वा कुनै मान्यताप्राप्त भारतीय संस्थानबाट प्रमाणपत्र तह पास गरेको वा कम्तिमा ९९० घण्टासम्म सम्बन्धित विषयमा तालिम लिएको योग्यता तोकिएको छ ।

इजरायल सरकारका अनुसार छनोटमा परेका कामदारको मेडिकल बीमा, खाने, बस्ने सुविधासहित एक लाख ९२ हजार भारू मासिक तलब हुने छ । ती कामदारहरुले हरेक महिना १६ हजार ५१५ भारू बोनस पनि पाउने छन् ।

इजरायलले यसअघि पनि निर्माण क्षेत्रका लागि १० हजार ३४९ जना भारतीय कामदार छनोट गरेर लगेको थियो । त्यतिबेला उत्तर प्रदेश, हरियाणा र तेलंगनामा शिविर आयोजना गरी कामदार छनोट गरिएको थियो ।

इजरायल र भारत सरकारबीच कामदार लैजाने विषयमा सन् २०२३ मा जीटुजी सम्झौता भएको थियो । कामदारको अभाव देखिएपछि इजरायले नेपालबाट पनि १० हजार भन्दा बढी कामदार लैजाने प्रस्ताव गर्दै आएको छ ।

असार ११ गते वैदेशिक रोजगार विभागले सूचना प्रकाशन गरी इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिहरूको हेरचाहका लागि ८०० जना नेपाली ‘केयर गिभर’ पठाउने भन्दै आवेदन मागेको थियो ।

इजरायलसँग भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्र मार्फत नै केयर गिभर छनोट गरेर पठाउने तयारी छ । तर युद्ध चलिरहेको इजरायलमा नेपाल सरकारले नागरिकलाई कामदारका रूपमा पठाउने तयारी गरेकोप्रति विभिन्न संघसंस्था, नागरिक समूह र अधिकारकर्मीले विरोध जनाउँदै आएका छन् ।

इजरायलमा हमासको आक्रमणमा परि १० जना नेपालीको ज्यान गएको र विपिन जोशी विद्रोहीको कब्जामै रहेका वेला सरकारले युद्धरत इजरायलमा फेरि कामदार पठाउन लागेको हो । यसैबीच दक्षिणी गाजापट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ ।

इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकप्टर घाइते एक सैनिकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो । अन्य सात सैनिक घाइते भएको र तिनीहरूलाई चिकित्सा हेरचाहका लागि बाहिर लगिएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच इजरायलको सेनाले मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित अल–जाउनी विद्यालयमा बमबारी गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । आश्रयस्थलका प्रबन्धकसहित राष्ट्रसंघीय सहायता एजेन्सी उनर्वाका ६ जना कर्मचारी पनि ज्यान गएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा संयुक्त राष्ट्र संघका कर्मचारी र मानवीय सहायताकर्मीको हत्याको जवाफदेहिता नहुनु पूर्णरूपमा अस्वीकार्य भएको बताएका छन् । गाजामा इजरायलले आक्रमण सुरु गरेयता ११ महिनामा एउटै घटनामा यूएनका कर्मचारीको सबैभन्दा बढी मृत्यु भएको यो पहिलो घटना हो ।

यसैबीच, हमासले अमेरिकाले प्रस्ताव गरेको, संयुक्त राष्ट्रसंघले समर्थन गरेको युद्धविराम प्रस्तावलाई कुनै पनि पक्षबाट कुनै नयाँ शर्तबिना कार्यान्वयन गर्न तयार रहेको मध्यस्थकर्ताहरूलाई बताएको छ । गाजामा इजरायलको हमलाबाट ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढी घाइते भएका छन् ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top