सत्यनारायणको पूजाको प्रसादले फूड प्वाइजन!

२६ भदौ ८१, बिहीबार

२७ भदौ , काठमाण्डौ ।
भनिन्छ, भगवानको प्रसाद कसैले दिएन भनेपनि मागेर र खोजेर भएपनि खानु पर्दछ । भगवानको प्रसाद खाँदा मात्रै पनि पुन्य प्राप्त हुने जनविश्वास छ । यसैले जे जति भएपनि श्रद्धा भक्तिका साथ भगवानको प्रसाद खाने गर्दछन् । झापामा भने यसरी नै भगवानको प्रसाद खाँदा फूड प्वाइजन हुँदा प्रसादी खानेहरु गम्भिर विरामी परेको खबर छ ।

Advertisement

 झापामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा धेरै बिरामी परेका छन्। अर्जुनधारा नगरपालिका– ९ खरबन्दीका स्थानीय बासिन्दा सत्यनारायणको पूजाको प्रसाद खाँदा बिरामी परेका हुन्। अर्जुनधारा नगरपालिकाकी उपमेयर खड्गकुमारी पराजुलीका अनुसार धेरै बिरामीको अहिले शनिश्चरेमा रहेको नगर अस्पतालमा उपचार भइरहेको छ।

केही बिरामीको बिर्तामोड र चारआलीमा पनि उपचार भएको जानकारी आएको भन्दै उनले ५० जना भन्दा धेरै नै बिरामी भएको बताएकी छन् ।गएको मंगलबार स्थानीय रीता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाएकाहरु बिरामी परेका हुन्।

Advertisement

पूजामा प्रसाद खानको लागि निरौला परिवारले छरछिमेकलाई निमन्त्रणा गरेका थिए। आफन्त र छिमेकी गरेर झण्डै ५५÷६० जनाले पूजाको प्रसादी खाएका थिए।प्रसादी खाने सबै बिरामी परेका उपप्रमुख पराजुलीले बताएकी छन् ।

दिउँसो प्रसादी खाएकाहरु रातिदेखि नै बिरामी पर्न थालेका थिए । प्रसादीमा सेल, अचार, तरकारी खाएको भन्दै फूड प्वाइजन हुँदा प्रसादी खानेहरु बिरामी भएको अनुमान गरिएको छ । बिरामीमा वान्ता र डाइरिया हुने, ज्वरो आउने, वाकवाकी लाग्ने जस्ता समस्या देखिएको छ।

Advertisement

उपचारपछि ठिक भएर घर फर्किएका कतिपय बिरामी फेरि समस्या दोहोरिएपछि अस्पताल पुगेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले भने पूजाको प्रसाद खाएर कोही बिरामी परेको जानकारी नआएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top