२७ भदौ ,एजेन्सी।
विश्व प्रसिद्ध बेलारुसी बडीबिल्डर इल्या गोलेम येफिमचेकको अल्पायुमै निधन भएको छ । इल्या मात्रै ३६ वर्षका थिए । उनी १६० किलो तौल भएको आफ्नो बलिष्ठ शरीरको आकारका कारण चर्चित थिए ।
आफ्नो अतुलनीय शारीरिक बनावटका कारण ‘विश्वको सबैभन्दा खतरनाक बडीबिल्डर’ को उपाधि जितेका इल्याको निधन भएको छ ।इल्या गोलेम प्रायः सामाजिक सञ्जालमा आफ्नो व्यायामका तस्बिरहरू सेयर गर्दथे । उनका लाखौं फलोअर्स थिए।
उनको वास्तविक नाम इल्या येफिनसिक भएतापनि उनले बडीबिल्डिङको संसारमा इल्या गोलेमको नामबाट प्रसिद्धि पाएका थिए। इलियाको मृत्युको आधिकारिक कारण भने खुल्न सकेको छैन् । उनकी श्रीमती अन्नाले ६ सेप्टेम्बरको बिहान गोलेमको मुटुको धड्कन बन्द हुन थालेको बताएकी थिइन ।
त्यसपछि उनलाई अस्पताल लगिएको थियो । दुई दिनपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । इल्याको शरीरको आकार बृहत थियो । उनको छाती ६१ इन्च र पाखुरा २५ इन्च रहेको तथ्यबाट हेर्न सकिन्छ।
उनको भारोत्तोलन ७००–पाउन्ड स्क्वाट, ७००–पाउन्ड डेडलिफ्ट, र ६००–पाउन्ड बेन्च प्रेस थियो। यो आकारले उनलाई विशाल बनायो । आफ्नो तौल कायम राख्न १६० किलोका इल्याले दिनमा सात पटक खाना खानुपर्थ्यो र १६ हजार ५०० क्यालोरी बढाउनु पर्दथ्यो ।
बेलारुसका गोलेम सानै उमेरमा शारीरिक व्यायामको शौकीन भए। उनी पढाइका लागि चेक रिपब्लिक गए र त्यहाँ पनि व्यायाम गरिरहे । चेक गणतन्त्रका ६ फिट उचाईका गोलेमले आहार र व्यायाम गरेर आफ्नो शरीरलाई विशाल बनाइदिए ।
गोलेमको लक्ष्य उनका आर्दश ब्यक्तिहरु सिल्भेस्टर स्टेलोन र अर्नोल्ड श्वार्जनेगर जस्तो देखिनु थियो। इल्या गोलेमको करियरलाई उनका साथीहरूले उनको फिटनेस र बलप्रतिको समर्पणका लागि सम्झना गरेका छन्। उनी बेलारुस र चेकमा बडी बिल्डिङ प्रवर्द्धनका लागि समेत परिचित छन्।