×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

६१ इन्चको छाती भएका इल्याको अल्पायुमै निधन

२७ भाद्र २०८१

२७ भदौ ,एजेन्सी। 

विश्व प्रसिद्ध बेलारुसी बडीबिल्डर इल्या गोलेम येफिमचेकको अल्पायुमै निधन भएको छ । इल्या मात्रै ३६ वर्षका थिए । उनी १६० किलो तौल भएको आफ्नो बलिष्ठ शरीरको आकारका कारण चर्चित थिए ।

Advertisement
Advertisement

आफ्नो अतुलनीय शारीरिक बनावटका कारण ‘विश्वको सबैभन्दा खतरनाक बडीबिल्डर’ को उपाधि जितेका इल्याको निधन भएको छ ।इल्या गोलेम प्रायः सामाजिक सञ्जालमा आफ्नो व्यायामका तस्बिरहरू सेयर गर्दथे । उनका लाखौं फलोअर्स थिए।

उनको वास्तविक नाम इल्या येफिनसिक भएतापनि उनले बडीबिल्डिङको संसारमा इल्या गोलेमको नामबाट प्रसिद्धि पाएका थिए। इलियाको मृत्युको आधिकारिक कारण भने खुल्न सकेको छैन् । उनकी श्रीमती अन्नाले ६ सेप्टेम्बरको बिहान गोलेमको मुटुको धड्कन बन्द हुन थालेको बताएकी थिइन ।

त्यसपछि उनलाई अस्पताल लगिएको थियो । दुई दिनपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । इल्याको शरीरको आकार बृहत थियो । उनको छाती ६१ इन्च र पाखुरा २५ इन्च रहेको तथ्यबाट हेर्न सकिन्छ।

उनको भारोत्तोलन ७००–पाउन्ड स्क्वाट, ७००–पाउन्ड डेडलिफ्ट, र ६००–पाउन्ड बेन्च प्रेस थियो। यो आकारले उनलाई विशाल बनायो । आफ्नो तौल कायम राख्न १६० किलोका इल्याले दिनमा सात पटक खाना खानुपर्थ्यो र १६ हजार ५०० क्यालोरी बढाउनु पर्दथ्यो ।

बेलारुसका गोलेम सानै उमेरमा शारीरिक व्यायामको शौकीन भए। उनी पढाइका लागि चेक रिपब्लिक गए र त्यहाँ पनि व्यायाम गरिरहे । चेक गणतन्त्रका ६ फिट उचाईका गोलेमले आहार र व्यायाम गरेर आफ्नो शरीरलाई विशाल बनाइदिए ।

Advertisement
Advertisement

गोलेमको लक्ष्य उनका आर्दश ब्यक्तिहरु सिल्भेस्टर स्टेलोन र अर्नोल्ड श्वार्जनेगर जस्तो देखिनु थियो। इल्या गोलेमको करियरलाई उनका साथीहरूले उनको फिटनेस र बलप्रतिको समर्पणका लागि सम्झना गरेका छन्। उनी बेलारुस र चेकमा बडी बिल्डिङ प्रवर्द्धनका लागि समेत परिचित छन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top