×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

लिग–२ मा ८ टिमः को छ अगाडि ?

२७ भाद्र २०८१

२७ भदौ , काठमाण्डौ ।

नेपालले क्यानडापछि अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ । लिग–२ मा नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १० ः १५ मा सुरु हुनेछन् ।

Advertisement
Advertisement

नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि यी तीन टोलीबीच टी–२० सिरिज हुनेछ ।

लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न नेपाली टोली मंगलबार राति क्यानडातर्फ गइसकेको छ । नेपालले लिग २ मा क्यानडासँग १६ र २२ सेप्टेम्बरमा खेल्नेछ । त्यस्तै ओमानसँग १८ र २४ सेप्टेम्बरमा लिग–२ मा प्रतिस्पर्धा गर्नेछ ।

त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

क्यानडामा यी खेल सकिएपछि नेपाली टोली अमेरिका जानेछ । नेपाली टोलीले यी दुई टोलीविरुद्ध हुने चार खेल जितेमा अंक तालिकाको शीर्ष–३ भित्र पुग्ने छ । ४ खेलबाट २ अंक भएको नेपाल तालिकाको सातौँ स्थानमा छ।

ओमान समान खेलपछि ३ अंक जोडेर छैटौँ स्थानमा छ। तेस्रो स्थानमा रहेको क्यानडाको ८ खेलबाट ८ अंक छ। ८ खेलबाट १२ अंक भएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ७ खेलबाट ९ र ८ खेलबाट ८ अंक भएको नामिबिया चौथो स्थानमा छ।

पाचौँ स्थानमा रहेको अमेरिकाको ४ खेलबाट ४ अंक छ। ८ टोली रहेको प्रतियोगितामा यूएईले ३ खेल खेलेपनि अंक जोड्न सकेको छैन। नेपालले जित हात पारेको एक मात्र खेल हाल शीर्षस्थानमा रहेको नेदरल्यान्ड्सविरुद्ध थियो।

यस्तै गत जुलाईमा भएको विश्वकप लिग–२ को आफ्नो पहिलो शृंखलामा ओमानले स्कटल्यान्ड र नामिबियासँग खेलेको थियो । नामिबियासँग एक जित र एक हारको नतिजा निकालेको ओमानले स्कटल्यान्डसँग एक खेल हारेको थियो भने एक खेल रद्ध भएका कारण अंक बाँढ्न पुगेको थियो।

विश्वकप लिग–२ मा नेपालले ९ वटा शृंखलामा कुल ३६ खेल खेल्ने छ। यो शृंखला सन् २०२७ मा दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको आधार रहेको छ । ओडीआई वरीयतामा नेपालले खेल्ने टिमहरुमा स्कटल्याण्ड निक्कै माथि रहेको छ ।

वरीयतामा स्कटल्याण्ड ११ औं स्थानमा छ । ओमान, अमेरिका र क्यानडा भन्दा भने नेपाल माथि रहेको छ । नेपाल १६ औं स्थानमा रहदा ओमान १७ औं, अमेरिका १८ औं र क्यानडा १९ औं स्थानमा रहेको छ । नेपालले क्यानडा र अमेरिकामा हुने विश्व क्रिकेट लिग २ को दोस्रो चरणका लागि रोहित पौडेलको कप्तानीमा अन्तिम टोली घोषणा गरेको छ ।

गतसोमबार घोषणा गरिएको नेपाली टोलीमा रोहितसंगै आसिफ शेख, अनिल शाह, भीम सार्की, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितसिंह राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् ।

देव खनाल टोलीमा ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा रहनेछन् । लेग स्पिनर सन्दीप लामिछाने १२ महिना पछि ओडिआई टोलीमा पुनरागमन गरेका हुन् । एक वर्षअघि आयोजित एसिया कप उनले खेलेको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

त्यतिबेला उनले अन्तिम खेल भारतसँग खेलेका थिए । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने नेपाली बलर हुन् । उनले हालसम्म ५१ खेलमा ११२ विकेट लिएका छन् । अन्य कुनै पनि नेपाली बलरले सय विकेट पुरा गर्न सकेका छैनन् ।

टी–२० विश्वकपमा अमेरिकाले भिषा नदिएका कारण उनले त्यहाँ भएका खेलहरुमा सहभागिता जनाउन सकेनन् । तर त्यसपछि वेस्ट इन्डिजमा भएका बाँकी दुई समूह चरणका खेलमा भने उनले शानदार प्रदर्शन गरेका थिए ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top