×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

US – UK का विदेशमन्त्री किभमा, अजित डोभाल मस्कोमा

२७ भाद्र २०८१

२७ भदौ , विराटनगर।

रुसले इरानी मिसाइल पाएको खबरले अब रुस–युक्रेन युद्ध नयाँ मोडमा पुग्ने विश्लेषण गर्न थालिएको छ । खासमा यो युद्ध थप बढ्ने आशंकाहरु गर्न थालिएको छ । यसबीच अमेरिका र बेलायतका विदेशमन्त्रीहरु एक साथ किभ पुगेका छन् ।

Advertisement
Advertisement

त्यहाँ पुगेर उनीहरुले अब युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने संकेत गरेका छन् । बेलायती विदेशमन्त्रीले रुसलाई इरानले क्षेप्यास्त्र दिएको अवस्थामा अब युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने बहसलाई नयाँ मोड दिएको जनाएका छन् ।

बेलायती विदेशमन्त्री डेभिड ल्यामीले भने, ’रुसभित्र गहिराइसम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र दिनेबारेको बहस अब परिवर्तन भएको छ।’ लन्डनमा भएको वार्तापछि ल्यामी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेनको राजधानी किभ पुगेका थिए र ल्यामीले किभलाई ६० करोड पाउण्ड सहयोग गर्ने घोषणा गरेका थिए ।

त्यहाँ उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटे । जेलेन्स्कीले आफ्ना सहयोगीहरूसँग लामो दूरीका क्षेप्यास्त्रहरूको आपूर्ति र प्रयोगको अनुमति दिन लगातार माग गर्दै आएका छन् ।अमेरिका र बेलायतले रुसको गहिराइसम्म प्रहार गर्न सक्ने लामो दुरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अहिलेसम्म अनुमति दिएका छैनन् किनभने त्यहाँ थप युद्धको खतरा छ ।

तर अब यसमा विचार गर्नुपर्ने उनीहरुले बताएका हुन् । ल्यामीले भने, ’इरानले रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरिरहेको छ र अब उसको सेनाले युक्रेन भित्र प्रहार गर्न सक्छ । यो निकै खतरनाक छ । रुस आफ्ना सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ।

“त्यसैले हामीले युक्रेनलाई थप मद्दत गर्नुपर्छ ।’ यता किभमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसंग पनि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले, रुसविरुद्धको युद्धमा कीभको जित “धेरै हदसम्म संयुक्त राज्य अमेरिकाको समर्थनमा निर्भर गर्दछ ।’

यस्तै युक्रेनी विदेशमन्त्री एन्ड्रि सिबिहाले पनि इरानले रुसलाई क्षेप्यास्त्र आपूर्ति गरिरहेको खबर आएका बेला लामो दुरीका क्षेप्यास्त्रमाथिको प्रतिबन्ध हटाउनु आवश्यक भएको बताए । युक्रेनका तर्फबाट यस्ता टिप्पणी अमेरिकाको निर्वाचनभन्दा ठिक दुई महिनाअघि आएको हो ।

निर्वाचनमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किए युक्रेनका लागि चुनौतीपूर्ण हुनसक्छ । ट्रम्पले निर्वाचन जिते भने युद्ध अन्त्य गर्न रुसलाई क्षेत्रीय सहुलियत प्रदान गर्न किभलाई दबाब दिन उनले सहायताको फाइदा उठाउने ट्रम्पका सहयोगीहरूले सुझाव दिएका छन् ।

यस्तोमा जेलेन्स्कीले नोभेम्बरसम्म युद्ध समाप्त गर्ने योजनाको रूपरेखा पनि तयार गर्ने बताएका छन् । उनले रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणले किभको ताकतको अवस्थाबाट सम्भावित वार्तामा प्रवेश गर्न अनुमति दिएको तर्क दिएका छन् ।

युक्रेनले जुनमा स्विट्जरल्यान्डमा ९० भन्दा धेरै मुलुकका नेता र शीर्ष अधिकारीहरूसँग शान्ति शिखर सम्मेलन आयोजना गर्यो तर रुसलाई आमन्त्रण गरेको थिएन । त्यसपछि जेलेन्स्कीले आगामी शिखर सम्मेलनमा मस्कोलाई सहभागी गराइनुपर्ने बताएका छन् ।

कुर्स्कमा भएको आक्रमणपछि क्रेमलिनले वार्तालाई अस्वीकार गरेको छ र युक्रेनले युद्धविरामका लागि यस क्षेत्रको ठूलो हिस्सा सुम्पिन माग गरेको छ । यसबीच भारतका राष्ट्रीय सुरक्षा सलाहकार अजीत डोभाल पनि रुस पुगेका छन् ।

उनले सेंट पीटर्सबर्गमा आफ्ना रूसी समकक्षी सर्गेई शोइगुसंग भेट गरेका छन् । दुई शीर्ष अधिकारीहरुको बैठकमा यूक्रेन संघर्षको समाधान खोज्ने र त्यसमा भारतको संभावित भूमिकाका बारेमा छलफल भएको बताइएको छ । बुधवार साँझ डोभाल–शोइगुको बैठक ब्रिक्स देशहरुको राष्ट्रीय सुरक्षा सलाहकारहरुको सम्मेलनको क्रममा भएको हो ।

मिडिया रिपोर्ट्सका अनुसार, २३ अगस्तमा किभमा यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीसंग प्रधानमंत्री नरेंद्र मोदीको भेटघाट भएको विषयलाई लिएर पनि डोभाल र शोइगुबीच कुरा भएको बताइएको छ । अजीत डोभालको रूस यात्रा, प्रधानमंत्री नरेंद्र मोदीको यूक्रेन यात्राको अढाई सातापछि भएको हो ।

यूक्रेनी राष्ट्रपति जेलेंस्कीसंगको भेटमा मोदीले रूस यूक्रेन युद्ध तुरन्त समाप्त गर्न अपील गरेका थिए । र भनेका थिए, भारत यो क्षेत्रमा शांति बहालीका लागि सक्रिय भूमिका निभाउन तयार छ । यता रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले पनि रूस–यूक्रेन युद्ध समाप्तिका लागि उनले भारत, चीन र ब्राजीलको मध्यस्थता स्वीकार गर्ने बताएका छन् ।

शनिबार इटलीकी प्रधानमंत्री जियोर्जिया मेलोनीले पनि जेलेन्स्कीसंगको वार्तापछि भारत र चीनले यो युद्धको समाधान खोज्न भूमिका निभाउन सक्ने बताएकी थिइन् । यसबीच भारतका विदेश मंत्री एस जयशंकरले पनि बर्लिनमा जर्मन विदेश कार्यालयको वार्षिक राजदूत सम्मेलनका क्रममा रूस–यूक्रेन युद्धका बारेमा टिप्पणी गरेका छन् ।

यसक्रममा उनले भने, संघर्षको हल निकाल्का लागि रूस र यूक्रेनले युद्धको मैदानबाट बाहिर आएर कुराकानी गर्नुपर्छ । यसका लागि भारत दुवै देशलाई सल्लाह दिनका लागि तयार छ । राष्ट्रीय सुरक्षा सलाहकार अजीत डोभाल मस्कोमै रहेका बेला जयशंकरको यो टिप्पणी आएको हो ।

Advertisement

यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top