×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

विजय कृष्णमुर्तिलाई कीर्ते प्रमाणपत्र दिने पत्ता लाग्यो

२७ भाद्र २०८१

२७ भदौ , काठमाण्डौ ।

पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटीहोमका आयोजक विजय कृष्णमुर्ति महाराज भनिने विजय भण्डारीलाई कीर्ते चारित्रिक प्रमाणपत्र दिनेको विवरण खुलेको छ । विजयले प्रहरीबाटै झूटो चारित्रिक प्रमाणपत्र प्राप्त गरेको पुष्टि भएको छ । उनले कीर्ते गरेर चारित्रिक प्रमाणपत्र बनाएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरेको थियो ।

Advertisement
Advertisement

प्रहरीको आन्तरिक छानबिनमा भण्डारीले प्रहरीबाटै उक्त प्रमाणपत्र लिएको खुलेको हो । ठगीमा मुद्दा परेर दोष ठहर भई जेल सजाय समेत भोगेका भण्डारीले कोटीहोम आयोजनापूर्व प्रहरीबाट ‘निस्कलंक’ प्रमाणपत्र लिन सफल भएका थिए ।

सोही प्रमाणपत्रबारे अनुसन्धानका लागि प्रहरीले उनलाई कोटी होमस्थलबाट पक्राउ गर्न खोजे पनि सफल भएको थिएन । सो क्रममा त्यहाँ केही तनावसमेत भएको थियो । केही महिनाअघि भण्डारीले चारित्रिक प्रमाणपत्रका लागि निवेदन दिएका थिए ।

त्यसपछि काठमाडौं प्रहरी परिसरले उनीविरुद्ध मुद्दा परे पनि सफाइ पाइसकेको भनेर प्रहरी प्रधान कार्यालयलाई जवाफ पठाएको थियो । त्यही आधारमा भण्डारीले उक्त प्रमाणपत्र पाएको देखिएको छ । पशुपति कोटीहोम आयोजना भइरहेका बेला उनको आपराधिक गतिविधिमा संलग्नतालाई जोडेर समाचारहरू आएपछि उनले चारित्रिक प्रमाणपत्र सार्वजनिक गरेका थिए।

त्यसपछी काठमाडौं प्रहरी परिसरले यो विषयमा छानविन गर्न समिति बनाएको थियो । उक्त समितिले प्रहरीबाटै त्रुटि भएको निस्कर्ष निकालेको छ । ‘हाम्रै प्रहरी अधिकारीले उनको विगत हेर्ने क्रममा त्रुटि गरेको देखिन्छ’, समितिको निष्कर्षबारे एक अधिकारीले भने ।

ती अधिकारीका अनुसार परिसरका एक सहायक निरिक्षक– असईले भण्डारीले सफाई पाएको भनेर जवाफ पठाएका थिए । ‘ती असईले आफु झुक्किएको बताएका छन’, उनले भने । काठमाडौं प्रहरी प्रहरीले ती असईमाथी कारबाहीको तयारी गरेको छ ।

यसैबीच कोटीहोममा घाटा लागेको आयोजकले दाबी गरेका छन् । पशुपतिनाथ परिसरमा साउन महिनाभर कोटीहोस सञ्चालन भएको थियो । विजय भण्डारीले पत्रकार सम्मेलन गर्दै आम्दानीभन्दा खर्च धेरै भएको विवरण प्रस्तुत गरेका हुन् ।

कृष्णमुर्तिका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो । यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए ।

Advertisement

यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दाबी गरेका छन् । महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ आउन बाँकी रहेको पत्रकार सम्मेलनमा उनले बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top