२८ भदौ, काठमाडौं ।
नेपाली बजारमा शुक्रबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । आज छापावाल सुन एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यही भदौ २६ गते छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा त्यो यसअघिको ‘रेकर्ड’ थियो । त्यो रेकर्ड आज ब्रेक भएको हो ।
बिहीबार (हिजो) भने छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेकोे महासंघले जनाएको छ ।बिहीबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।