×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

उद्घाटनको ३ वर्षपछि धरहरा संचालनमा

२८ भाद्र २०८१
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203
२८ भदौ ,काठमाण्डौ ।
काठमाडौंको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । 
अघिल्लो पटक प्रधानमन्त्री हुँदा समेत कार्यकालको अन्तिम समयमा निर्माण सम्पन्न नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको  उद्घाटन गरेका थिए।  धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।
२०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्री संरचना २२ तलाको छ ।
दुईवटा लिफ्टबाट धरहरा चढ्न सकिने व्यवस्था मिलाइएको छ । भूकम्पले भत्किएको पुरानो धरहराको भग्नावशेष खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरा टावरमुनि तीन तले पार्किङ बनाइएको छ ।
धरहरा परिसरमा प्रशासनिक भवन र सङ्ग्रहालयलगायतका संरचना पनि बन्दैछन् । धरहराको उद्घाटन  तीन वर्षअघि नै भइसकेको हो । यसअघि चौथो पटक  सरकारको नेतृत्व गनौ साथै प्रधानमन्त्रीले काठमाडौं महानगरलाई लक्षित गर्दै धरहरा पालिका विशेषको नहुने भन्दै संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
 संघीय सरकारले संचालन गर्ने भनेको   धरहरामा अहिले  महानगरले पार्किङको व्यवस्था मिलाएको छ । प्रधानमन्त्री ओलीले धरहरा र त्यसको पार्किङ कुनै पालिका (स्थानीय तह) विशेषको नभएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाले आफ्नो हक लाग्ने दाबी गर्दै आएको धरहरा र त्यसको मुनि बनेको भूमिगत पार्किङ क्षेत्रलाई प्रधानमन्त्रीले संघीय सरकार मातहत नै सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन् ।
उनले तयार हुन नपाउँदै धरहराको पार्किङ महानगरपालिकाले खुला गरेकामा असन्तुष्टि जनाएका थिए ।  उनले भनेका थिए ‘अब त्यसलाई सञ्चालन गरिहाल्ने, त्यसलाई कसरी आम्दानीको स्रोत बनाउनुपर्छ, मनोरञ्जन पनि हुन्छ’, उनले भने, ‘कुन मन्त्रालयले कहाँबाट सञ्चालन गर्ने हो, त्यसको छुट्टै कार्यविधि बनाएर यस्ता कुरा सञ्चालन गर्ने हो ।’
आफ्नै पहलमा ‘मै बनाउँछु मेरो धरहरा’ अभियान सुरु गरेर ३६ करोड रुपैयाँ संकलन गरिएको भन्दै प्रधानमन्त्री ओलीले त्यसमा मकै पोलेको पैसा र साग बेचेको पैसा पनि रहेको बताए ।
‘त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गरौं, त्यहाँ लिफ्ट किन खिया लागेर बस्न दिने ?’, उनले भने, ‘युवाहरुलाई ताकत परीक्षण गर्न भ¥याङ पनि छ । धहरहराबाट काठमाडौं कम्ता मनमोहक देखिंदैन, किन सञ्चालन नगर्ने ? ’ हाल पुनर्निर्मित धरहरा क्षेत्रको अधिग्रहणसहित सञ्चालन र भूमिगत पार्किङको परिकल्पना आफ्नै भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले धरहरा चढ्न सरकारले खुला गरिहाल्नुपर्ने बताएका थिए ।
धरहरा क्षेत्रमा काठमाडौँ महानगरपालिकाले  गएको माघ १४ गतेदेखि निःशुल्क पार्किङको व्यवस्था गर्दै आएको छ। काठमाडौँ महानगरले तत्कालको ट्राफिक व्यवस्थापन र पार्किङ व्यवस्थापन भन्दै धरहरामा पार्किङ गर्ने व्यवस्था मिलाएको छ।
 धरहरा उद्घाटन  जम्मा ४२ प्रतिशत काम सम्पन्न हुँदा २०७८ वैशाखमा ओलीले नै गरेका थिए। ओलीले उद्घाटन गरेकै तीन वर्ष भए पछि धरहरा अस्थायी रुपमा भएपनि सर्वसाधारणका लागि खुला हुन् लागेको हो ।
तीन अर्ब ८ करोड रुपैयाँ लागतमा धरहरा निर्माणको काम  जीआईईटीसी रमण जेभी कम्पनीले गरेको हो  । ओलीले निर्माणाधीन अवस्थामा नै २२ तले मूल टावर बनिसकेको भन्दै ११ वैशाख २०७८ मा धरहराको उद्घाटन गरेका थिए ।
त्यति बेलै ८ महिनापछि धरहरा संचालनमा आउने भनिएपनि ३ वर्षपछि संचालनमा आउन लागेको हो । निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै  तत्कालीन अवस्थामा ओलीको आलोचना समेत भएको थियो  । र यसरी आलोचना गर्नेमा अहिलेको प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसकै नेता अग्रपंतिमा थिए ।

भर्खरको समाचार

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top