×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

सामाजिक सञ्जालमा रोनाल्डोको दबदबा , पुगे एक बिलियन फलोअर्स

२८ भाद्र २०८१

२८ भदौ ,एजेन्सी ।

फुटबल मैदानमा मात्र नभएर बाहिर पनि कीर्तिमान बनाउन पल्किएका क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स बनाएका छन् । हालैमात्र ३९ वर्षीय पोर्चुगिज कप्तान रोनाल्डोले सबै प्रकारका सामाजिक सञ्जालमार्फत एक अर्ब फलोअर्स बनाएका हुन् ।

पछिल्लो अढाइ दशकयता विश्व फुटबलमा राज गरिरहेका रोनाल्डोसँग सामाजिक सञ्जाल ‘एक्स’ (पूर्वट्विटर) मा सय मिलियन फलोअर्स छन् । ‘मिस्टर च्याम्पिन्स’ले परिचित रोनाल्डोलाई इन्स्टाग्राममा ६ सय मिलियन प्रयोगकर्ताले पछ्याउँछन् ।

फेसबुकमा एक सय ७० मिलियने प्रयोगकर्ताले रोनाल्डोलाई पछ्याउँछन् । हालैमात्र रोनाल्डोले युट्युबमा आफ्नो च्यानल बनाएका थिए, जसबाट उनले विभिन्न ‘रेकर्ड’ आफ्नो नाममा सारे ।

पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले युट्युबमा ६० मिलियन सब्स्क्राइबर बनाएका छन् । सबैखाले सामाजिक सञ्जालमा आफ्नो प्रभावशाली उपस्थिति जनाएका रोनाल्डोले एक बिलियन फलोअर्स कमाएका हुन् ।

युट्युबसहित सबै सामाजिक सञ्जालबाट उनले आकर्षक आम्दानीसमेत गर्छन् । फेसबुक, एक्स र इन्स्टाग्राममा एउटा विज्ञापन गरिदिएबापत उनले करोडौं कमाउँछन् । झन्, युट्युबमा सक्रिय बन्दा सामाजिक सञ्जालबाट आउने रोनाल्डोको आम्दानीमा उत्तिकै बढोत्तरी भएको छ ।

सामाजिक सञ्जालमा एक बिलियन फलोअर्स कमाएपछि रोनाल्डोले आफ्ना समर्थक र शुभचिन्तकप्रति आभार प्रकट गरेका छन् । पोर्चुगलको मडेइरामा जन्मेर सानै उमेरदेखि फुटबल यात्रा थालेका रोनाल्डो आज सर्वकालीन महान् खेलाडीमध्येका एक मानिन्छन् ।

‘एक अर्ब फलोअर्स । यो एउटा नम्बरभन्दा पनि धेरै थोक हो । मेरो खेलप्रति र मप्रतिको समर्थकहरूको माया हो । मडेइराको सडकबाट विश्वका ठूला–ठूला मैदानसम्म, मैले मेरो परिवारका लागि खेलेको हुँ र तपाईंहरूका लागि खेलेको हुँ,’ उनले एक्समा भनेका छन्, ‘हामीले एउटा नयाँ कीर्तिमान बनाएका छौं ।

मेरा हरेक पाइलाहरूमा तपाईंहरूको साथ छ । समकालीन फुटबलका हस्ती रोनाल्डोले भावुक हुँदै आफ्नो यात्राबारे उल्लेख गरेका छन् । हालैमात्र रोनाल्डोले करिअरको नौ सय गोलको कोशेढुंगा पूरा गरेका थिए ।

युरोपियन नेसन्स लिगमा क्रोएसियासँगको खेलमा गोल गरेसँगै नौ सय गोल पूरा गरेका रोनाल्डोले स्पोर्टिङ लिस्बनबाट व्यवसायिक फुटबल थालेर म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस हुँदै अहिले अल नासरका लागि खेलिरहेका छन् ।

पाँच पटक बालोन डी‘ओर जस्तो प्रतिष्ठित अवार्ड जितेका रोनाल्डोले ३३ वटा ट्रफी उचालेका छन् । विश्व फुटबलको इतिहासमा सबैभन्दा धेरै गोल गरेका उनले पाँच पटक च्याम्पियन्स लिग पनि जितेका छन् ।

राष्ट्रका लागि युरो कप र नेसन्स लिग जितेका रोनाल्डोले विश्वकपको ट्रफी भने जित्न सकेका छैनन् । उमेरले चार दशक पूरा गर्न आँटे पनि मैदानमा आफूलाई प्रमाणित गर्न तत्पर देखिएका रोनाल्डो तत्काल सन्न्यास लिने मनसायमा पनि छैनन् ।

उनको यो तत्परताले आगामी दुई वर्षपछि मेक्सिको, क्यानडा र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने विश्वकप फुटबल खेल्ने संकेत दिएको छ । व्यवसायिक रुपमा आफ्नो फुटबल यात्रा भने साउदीको अल नासरबाटै अन्त्य गर्ने उनले घोषणा गरिसकेका छन् ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top