छुरा प्रहार गरी प्रेमिकाको हत्या, प्रेमी पनि गम्भीर घाइते

२८ भदौ ८१, शनिबार

२९ भदौ, झापा ।

झापाको अर्जुनधारा नगरपालिकामा प्रेमीको छुरा प्रहारबाट प्रेमिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका-१० फिक्कल घरभई हाल बिर्तामोडमा बस्दै आएकी १९ वर्षीया मनिषा लोहार रहेको झापा प्रहरीले जनाएको छ ।

शुक्रबार साँझतिर अर्जुनधारा- ६ बिर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा प्रेमीले छुरा प्रहार उनको मृत्यु भएको हो । हिजो साँझ ६ बजेर ४० मिनेटमा मनिषालाई उनका प्रेमी कैलाली गौरीगंगा नगरपालिका ३ बस्ने २० वर्षीय अनिल विकले छुरा प्रहार गरेका हुन् ।

Advertisement

उनको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मनिषाको उपचारको क्रममा साँझ ७ बजे बिएण्डसी अस्पतालमा निधन भएको र उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

यता, मनिषालाई छुरा हानेर हत्या गर्ने विकको अवस्था गम्भीर छ । उनलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

Advertisement

छुरा प्रहार गर्ने क्रममा प्रतिकार गर्दा बिक घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको बताइएको छ ।

उनलाई उपचारको लागि कन्काई, बिर्ता सिटी, बिएण्डसी अस्पताल हुँदै मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top