दुई महिनापछि प्रशिक्षणमा फर्किए मेसी, भोलिदेखि मैदान उत्रिने सम्भावना

२८ भदौ ८१, शनिबार

२९ भदौ, एजेन्सी ।
अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी दुई महिनापछि इन्टर मियामीको प्रशिक्षणमा फर्किएका छन् । क्लबले शुक्रबारबाट ३७ वर्षीय मेस्सीले क्लबको प्रशिक्षणमा पुनरागमन गरेको जानकारी दिएको छ ।

जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले कोलम्बियामाथि जित हात पार्दा घुँडामा चोट लागेपछि मेसीले कुनै पनि खेल खेलेका छैनन् । गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएका थिए ।

कीर्तिमानी रूपमा आठ पटकका बालोन डी’ओरका विजेता मेसी कोपा अमेरिका सकिएपछि इन्टर मियामीको प्रशिक्षणमा फर्किएका थिएनन् । जसकारण अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले फिफा विश्वकप छनोट खेल्ने टोलीको घोषणा गर्दा मेसीलाई समावेश गरेका थिएनन् ।

Advertisement

फिफा विश्वकप छनोटका दुई खेल गुमाउने थिए । अर्जेन्टिनाले सेप्टेम्बर ५ चिलीमाथि ३-० गोलको जित निकाल्दा कोलम्बियासँग भने २-१ गोलको हार बेहोरेको थियो ।

Advertisement

यता, क्लबका लागि भने उनले गत जुन महिनायता खेल्न पाएका छैनन् । तर मेजर लिग सकरअन्तर्गत भोलि बिहान हुने फिलाडेल्फियासँगको खेलमा भने उनी मैदान उत्रिन सक्ने सम्भावना छ ।

अमेरिकन लिगमा उनीआबद्ध मियामी २७ खेल खेलेर ५९ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सिनसिनाटी मियामीभन्दा आठ अंकले पछाडि छ ।  मियामीका लागि १५ खेल खेल्दा १४ गोल र ११ गोलमा पास मिलाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top