×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

विश्वकपको पर्याय ब्राजिलः किन झन्–झन् खस्किँदै छ ?

२९ भाद्र २०८१

२९ भदौ , एजेन्सी ।

ब्राजिल भन्नासाथै उत्कृष्ट फुटबल खेल्ने र महान खेलाडी पेलेको देश भनेर चिनिन्छ । साथै ब्राजिललाई फुटबलको पर्याय पनि भनिन्छ । तर, केही दशकदेखि ब्राजिल यो भनाईभन्दा विपरित दिशामा गइरहेको छ ।

Advertisement
Advertisement

पेले, रोमारियो, रोनाल्डो, रोबिन्हो, रोनाल्दिन्हो जस्ता महान खेलाडीले ब्राजिली फुटबलको उँचाई बढाए । तर, अहिले खोई त्यो प्रदर्शन, भन्न थालेका छन् ब्राजिलका समर्थकहरु । यद्यपि, अहिले पनि ब्राजिलका सयौं खेलाडी प्रत्येक वर्ष युरोपमा खेल्न जान्छन् ।

नेयमार जुनियरले पेरिस सेन्ट जर्मेन र बार्सिलोनामा खेले । नयाँ प्रतिभावान खेलाडी भिनिसियस जुनियर २०१८ मा रियल मेड्रिड पुगेका थिए । एन्ड्रीक गत वर्ष रियल मेड्रिडमा आवद्ध भए । प्रिमियर लिगमा खेल्नेहरू डगलस लुृइज, लुकास पाक्वेटा, जोआओ गोमेज, बु्रनो गुल्मारेज, रिचार्लिसनले इंग्ल्यान्डमा मोटो कमाइ गरिरहेका छन् ।

यी खेलाडी क्लबका लागि भने मरिमेटेर खेल्छन् तर, ब्राजिलका लागि खेल्दैनन् । यो आरोप पनि उनीहरुमाथि लागिरहेको छ । यस्तोमा आगामी दुई वर्षपछि मेक्सिको, क्यानडा र अमेरिकाले संयुक्त रूपमा २३औं संस्करणको फिफा विश्वकपको आयोजना गर्दैछन् ।

विश्वकपको इतिहासमै पहिलोपटक ४८ टोलीको सहभागितामा खेलाइने उक्त फुटबलको महाकुम्भमा १० वटा दक्षिण अमेरिकी राष्ट्रहरूले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा सर्वाधिक धेरै पाँच पटकको विश्वविजेता ब्राजिलको अवस्था भने दयनीय छ ।

यसअघि शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट हुँदै आएको ब्राजिल यसपटक भने संघर्षरत अवस्थामा छ । हालसम्म आठ खेल खेलिसकेको ब्राजिल चार खेलमा हार, तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै १० अंक जोडेको छ ।

अर्जेन्टिना, कोलम्बिया, उरुग्वे र इक्वेडरपछि अंक तालिकाको पाँचौं स्थानमा छ, ब्राजिल । यसअघि सन् २०२२ मा भएको कतार विश्वकप र त्यसभन्दा अगाडिको रसिया विश्वकपमा दक्षिण अमेरिकी राष्ट्रहरूमध्ये शीर्ष स्थानमा रहेर ब्राजिल छानिएको थियो ।

हुन त ब्राजिल फिफा विश्वकपका हरेक संस्करणमा छनोट हुने एकमात्र राष्ट्र हो । विश्वकपको इतिहासमा सबैभन्दा सफल टोली ब्रालिलबिना कुनै विश्वकप भएका छैनन् । सन् १९३० देखि सन् २०२२ सम्मका सबै विश्वकपमा सहभागिता जनाएको ब्राजिलले आफ्नो उपस्थितिलाई बलियो इतिहासका रूपमा सुरक्षित गरेको छ ।

सन् १९५८ र १९६२ मा लगातार दुई पटक १९७०, १९९४ र २००२ मा गरी ब्राजिल कुल पाँच पटक विश्वकप विजेता बनेको छ । दुईचोटी फाइनल पुगेर पनि उपाधि जित्नबाट बञ्चित भएको ब्राजिल दुई पटक तेस्रोमा सीमित बनेको थियो ।

पछिल्लो पटक सन् २००२ मा विश्वविजेता बनेयता ब्राजिल सन् २०१४ मा जर्मनीसँग हारेर चौथो बनेको थियो । जर्मनीसँगको ७–१ गोलान्तरको हार ब्राजिलका लागि सबैभन्दा ठुलो हार थियो । त्यसबीचका विश्वकपको क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेको छैन, ब्राजिल ।

सन् २००२ को विश्वकप जितेपछि ब्राजिल सन् २००६ को विश्वकपका लागि पहिले नै छनोट भएको थियो । किनभने फिफाले नियम परिवर्तन गर्दै विश्व कपको विजेताले स्वतः अर्को प्रतियोगिता खेल्ने नियम थियो । ब्राजिल सर्वाधिक दुई पटक विश्वकप आयोजना गर्ने राष्ट्र पनि हो ।

ब्राजिलले सन् १९५० र २०१४ मा विश्वकप आयोजना गरेको थियो । ब्राजिल विश्वकपमा सार्वधिक गोल गर्ने टोली हो । ब्राजिलले २३७ गोल गरेको छ । जर्मनीले २३२ गोल गर्दा साविक विजेता अर्जेन्टिनाले १५२ गोल गरेको छ ।

विश्वकपको ट्रफी अहिलेसम्म युरोप र दक्षिण अमेरिकाले मात्र अहिलेसम्म उचालेका छन् । युरोपले १२ र दक्षिण अमेरिकी टिमले १० पटक विश्वकप जितेका छन् । युरोपका १७ देश उपविजेता बन्दा दक्षिण अमेरिकी राष्ट्रहरू पाँच पटक ‘रनर अप’ बनेका छन् ।

युरोपका जर्मनी र इटाली चार–चार पटक विश्वविजेता बन्दा फ्रान्सले दुई र स्पेन र इंग्ल्यान्डले एक–एक पटक उपाधि जितेका छन् । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले पाँच पटकको विजेता ब्राजिल हो । त्यसबाहेक अर्जेन्टिनाले तीन र उरुग्वे दुई पटक विश्वविजेता बनेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top