२९ भदौ , एजेन्सी ।
अमेरिकाले चिनियाँ विद्युतीय गाडी (ईभी) मा गरेको शुल्क वृद्धिलाई अन्तिम रुप दिएको छ ।
विद्युतीय गाडी (ईभी) मा सतप्रतिशत र ईभी ब्याट्रीमा २५ प्रतिशतसम्म वृद्धि भएको शुल्क दुई हप्तापछि लागू हुनेछ ।
ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई लक्षित गर्दै गएको मे महिनामा शुल्क वृद्धिको घोषणा गरेको थियो ।
शुल्क वृद्धिको पछिल्लो घोषणा अमेरिकामा आउँदो नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय चुनावअघि भएको हो ।
अमेरिकाले चिनियाँ गाडी तथा सामानमा गरेको शुल्क वृद्धिलाई लिएर बेइजिङले कठोर प्रतिक्रिया जनाएको थियो ।
तर अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले विज्ञप्तिमा शुल्कवृद्धिले अमेरिकी श्रमिक र व्यवसायलाई प्रभावित गरिरहेको चीनको नीति र अभ्यासलाई लक्षित गर्ने उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
यसै वर्षदेखि लागू हुने शुल्क वृद्धिबाहेक अमेरिकी व्यापार प्रतिनिधिको कार्यालले सन् २०२५ देखि लागू हुनेगरी सेमीकन्डक्टरमा पनि ५० प्रतिशत शुल्क लगाइने घोषणा गरेको छ ।