Nepal Times
Nepal Times
3
Shares

बार्सिलोनाले नपत्याएका डेम्बेले पिएसजीमा चम्किँदै

बार्सिलोनाले नपत्याएका डेम्बेले पिएसजीमा चम्किँदै

३० भदौ, एजेन्सी । 

फ्रान्सका विश्वकप विजेता ओसमान डेम्बेले चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित आत्मसात् गरेको छ । फ्रेन्च लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले ब्रेस्टमाथि ३-१ गोलको जित निकालेको हो ।

साविक विजेतासमेत रहेको पिएसजीको यो लगातार चौथो जित हो । जितसँगै अंक तालिकामा शीर्ष स्थानमा रहेको पिएसजीले १२ अंक जोडेको छ । ऊ दोस्रो स्थानको मार्सेलीभन्दा दुई अंकले अगाडि छ ।

गएराति घरेलु मैदानमा पिएसजीलाई जिताउन ओसमान डेम्बेलेले दुई गोल गर्दा फाबियन रुइजले एक गोल गरे । पाहुना टोलीका रोमेन डेल कास्टिलोले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २९औं मिनेटमा कास्टिलोले पेनाल्टीमा गरेको गोल मार्फत् पाहुना टोलीले सुरुआती अग्रता दिलाएको थियो । तर, ४२औं मिनेटमा डेम्बेलेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।

७३औं मिनेटमा रुइजले गोल गरेपछि अग्रता बनाएको पिएसजीका लागि ७४औं मिनेटमा डेम्बेलेले अर्को गोल थपे । डेम्बेलेको व्यक्तिगत दोस्रो गोलसँगै पिएसजी ३-१ गोलले विजयी भएको हो ।

यससँगै डेम्बेलेले चार खेलमा तीन गोल र तीन असिस्ट गरेका छन् । गत वर्षमात्र बार्सिलोनाबाट अपेक्षाअनुसार मौका नपाएर उनी फ्रान्स आएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.