५५ वर्षपछि घरेलु मैदानमा नटम फरेस्टसँग हार्‍यो लिभरपुल

२९ भदौ ८१, आइतबार

३० भदौ, विराटनगर ।

इंग्लिस प्रिमियर लिगमा ५५ वर्षपछि घरेलु मैदानमा नटम फरेस्टसँग लिभरपुलले पराजय बेहोरेको छ । शनिबार राति एन्फिल्डमा नटम फरेस्टले लिभरपुललाई १-० गोलले पराजित गरेको हो ।

यसअघि एन्फिल्डमा उसले सन् १९६९ को फेब्रुअरीमा नटम फरेस्टसँग हार ब्यहोरेको थियो । पछिल्ला २५ खेलमा एन्फिल्डमा नहारेको लिभरपुलको नयाँ सिजनमा यो पहिलो हार पनि हो ।

Advertisement

तेस्रो चरणसम्म शतप्रतिशत जितसहित अघि बढेको लिभरपुल चौथो चरणमा आएर हारेको हो । खेल अवधिभर ७० प्रतिशत बल आफ्नो पक्षमा राख्दा समेत गोल गर्न नसक्दा लिभरपुल पराजित भएको हो ।

खेलमा फरेस्टको तर्फबाट ७७ औं मिनेटमा हुड्सन ओडइले गरेको गोलनै विजयी गोल बन्यो । खेलपछि फरेस्टले ४ खेलबाट ८ अंक सहित आफूलाई चौथो स्थानमा लगेको छ भने समान खेलबाट ९ अंकसहित लिभरपुल दोस्रो स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top