×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

प्रिमियर लिगकै ‘खराब’ खेलमा चेल्सीको संघर्षपूर्ण जित !

३० भाद्र २०८१

३० भदौ, एजेन्सी । 

इंग्लिस प्रिमियर लिगकै खराब मानिएको खेलमा चेल्सीले बर्नमाउथमाथि जित निकालेको छ । इंग्लिस प्रिमियर लिगको इतिहासमै सर्वाधिक धेरै पहेँलो कार्ड प्रयोग भएको खेलमा चेल्सीले बर्नमाउथलाई १-० गोलले हराएको हो ।

Advertisement
Advertisement

बर्नमाउथको मैदान भिटालिटी स्टेडियममा शनिबार राति भएको खेलमा जम्मा १४ वटा पहेँलो कार्ड देखाइएको थियो । पाहुना टोली चेल्सीका आठ र बर्नमाउथका ६ खेलाडीले पहेँलो कार्ड पाउँदा चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले पनि पहेँलो कार्डको सामना गर्नुपर्‍यो ।

तथापि, कुनै पनि खेलाडीले रातो कार्ड नपाएका कारण पनि दुवै टोलीका ११-११ खेलाडी मैदानमा थिए । उक्त खेलमा चेल्सीका क्रिस्टोफर एनकुन्कुले निर्णायक गोल गरेका थिए । खेल सकिन करिब चार मिनेट बाँकी छँदा उनले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बनेको थियो ।

Advertisement
Advertisement

जितसँगै सातौं स्थानको चेल्सीले चार खेलमा सात अंक जोडेको छ । बर्नमाउथ भने पाँच अंकका साथ ११औं स्थानमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top