NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै मङ्लबार बैशाख ३० , २०८२
Next
Prev

समाचार

बुवाको सपना पूरा गरेर फुटबलबाट अलग्गिँदै छन् विमल !

आइतवार भदौ ३० , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
बुवाको सपना पूरा गरेर फुटबलबाट अलग्गिँदै छन् विमल !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० भदौ, विराटनगर । 

कुनै बेला नेपाली फुटबलका ‘हिरो’ मानिएका फरवार्ड विमल घर्तीमगर आजभोलि गुमनाम छन् । खेललाई नै जीवन मानेर एक दशकभन्दा बढी समय राष्ट्र र देश तथा विदेशका विभिन्न क्लबबाट फुटबल खेलेका विमल अहिले खेलजीवनबाट अलग भएका छन् ।

सन् २०१३ को साफ च्याम्पियनसिपको समूह चरणको खेलमा पाकिस्तानविरुद्ध इन्ज्युरी समयमा सनसनीपूर्ण गोल गरेर उनी चर्चित बनेका थिए । हारको संघारमा रहेका बेला गोल गरेका विमलले नेपाललाई हारबाट जोगाएका थिए । सिनियर राष्ट्रिय टोलीको तर्फबाट पाकिस्तानविरुद्ध पहिलो गोल गर्ने विमलले साफको इतिहासमा सबैभन्दा कान्छा गोलकर्ताको कीर्तिमान पनि बनाएका थिए । १५ वर्षको उमेरमा विमलले बनाएको उक्त कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

LS Auto

नवलपरासीमा जन्मिएका विमल अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका उत्पादन हुन् । फुटबल खेलाडीसमेत रहेका उनका बुवा होमबहादुरको सपना थियो, विमलले राष्ट्रका लागि खेलेको हेर्ने । बुवाको सपना पूरा गर्न उनी फुटबलर बन्ने अभिलाषा बोकेर एन्फा पुगेका थिए । नेपाल प्रहरीसमेत रहेका बुबा होमबहादुरको मोटरसाइकल दुर्घटनामा निधन भयो ।

त्यसयता उनले गरेको कडा मेहनत तत्कालीन प्रशिक्षक कृष्ण थापाले देखे । थापालेसन् २०१२ मा १४ वर्षकै उमेरमा नेपाली टोलीबाट डेब्यु गराएका थिए । उनले राष्ट्रका लागि पहिलो खेलका रूपमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए ।

यु–१७ फुटबल टिमका क्याप्टेनको भूमिकासमेत निर्वाह गरिसकेका विमलले तत्कालीन सुदूरपश्चिम फुटबल क्लबबाट व्यवसायिक फुटबल थालेका थिए । सन् २०१५ मा नेपालले विमलको कप्तानीमा भारतलाई हराउँदै पहिलो अन्डर नाइन्टीन साफ च्याम्पियनसिप जितेको थियो ।

नेपाल पुलिस क्लब, थ्री स्टार, च्यासल, मछिन्द्र, ललितपुर, चितवनबाट उनले व्यवसायिक फुटबल खेलिसकेका छन् । त्यसबाहेक उनले विदेशी क्लबहरूमा पनि अनुभव संगालेका छन् । १५ वर्षकै उमेरका विमललाई नोभेम्बर २०१३ मा नेदरल्यान्ड्सको एफसी ट्विेन्टेले दुई साताको ट्रायलमा बोलाएको थियो । जहाँ उनले एचएससीविरुद्धको मैत्रीपूर्ण खेलमा चार गोल र एक असिस्ट गरेका थिए । तर, आकर्षक प्रदर्शनबाट बाबजुत पनि उमेर नपुगेका कारण विमल र एफसी ट्विन्टेबीच सम्झौता हुन पाएन ।

इंग्ल्यान्डको सुप्रसिद्ध क्लब म्यानचेस्टर युनाइटेड र बेल्जियमको लायर्स एसकेसँग पनि विमल जोडिएको चर्चा थियो । इन्डियन सुपर लिगमा समेत विमलले अनुभव संगालेका थिए । सन् २०१७–१८ को सिजनमा तीन खेल खेल्दा एउटा असिस्टसमेत गरेका थिए । तर, मोहन बगानले रिजिल गरेपछि उनले थ्री स्टारका लागि खेल्न थाले । सन् २०१८ मा च्यासलबाट सहीद स्मारक ‘ए’ डिभिजन लिग खेलेका विमलले पछि मछिन्द्रबाट खेल्दै फुबटबल करिअर टुंग्याए । पछि उनले तेस्रो संस्करणको नेपाल सुपर लिगमा चितवनबाट पनि खेल्ने मौका पाएका थिए ।

कुनै बेला राष्ट्रिय फुटबल टोलीका नायक मानिएका विमलले आइतबार (आज) बाट २५ वर्ष टेकेका छन् । २५ वर्षको उमेर भनेको एउटा फुटबलरका लागि करिअरको शिखरमा पुग्नेखालको उमेर हो । तर, विमल खेलकुदलाई पूर्णविराम लगाएर अस्ट्रेलियामा काम गरिरहेका छन् । खेल करिअरमा उत्कृष्ट प्रदर्शन गर्ने उमेरमा आफ्नो सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया जाने नेपाली खेलाडीहरूको सूचीमा समावेश भएका छन् ।

विसंगतिले घेरिएको नेपाली खेलकुद क्षेत्रबाट आजित भएका उनी एक दशकभन्दा लामो फुटबल करियरलाई त्यागेर अस्ट्रेलिया पुगेका हुन् । बढ्दो उमेरसँगै जिम्मेवारी र व्यवहार पनि थपिएपछि आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउन देश र फुटबलप्रतिको लगाव थाति राखेर उनी अस्ट्रेलिया पुगेका उनै विमललाई जन्मदिनको लाखौं शुभकामना, नेपाल टाइम्सको तर्फबाट ।

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार
ताजा समाचार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गजल: देशको पीडा

गजल: देशको पीडा

शुक्रबार अशोज ९ , २०७७
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

आइतवार बैशाख २८ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.