जिरोनासँग बार्सिलोनाले लियो बदला, निकाल्यो लगातार पाँचौं जित

३० भदौ ८१, सोमबार

३१ भदौ, विराटनगर ।

बार्सिलोनाले नयाँ सिजनको स्पेनिस ला लिगामा लगातार पाँचौं जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनामाथि ४-१ गोलको जित निकालेको हो ।

जिरोनाको मैदान मोन्टिल्भीमा भएको खेलमा बार्सिलोनालाई जिताउन लामिन यामलले दुई गोल गरे भने डेनी ओल्मो र पेड्रीले एक-एक गोल गरे । जिरोनाका क्रिस्टियन स्टौनीले एक गोल फर्काए ।

खेलको ३०औं मिनेटमा लामिनले गोल गर्दै बार्सिलोलाई सुरुआती अग्रता दिलाए । त्यसको सात मिनेट नबित्दै दोस्रो गोल गर्दै लामिनले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

४७औं मिनेटमा ओल्मो र ६४औं मिनेटमा पेड्रीले गोल गरेपछि बार्सिलोनाले ४-० गोलको अग्रता बनाएको थियो । खेलको ८०औं मिनेटमा जिरोनाका क्रिस्टियन स्टौनीले एक गोल फर्काए । ८६औं मिनेटमा फेरान टोरेसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै बार्सिलोनाले गत सिजन जिरोनासँग हारेको बदला लिएको छ । पाँच खेलमा शतप्रतिशत जित निकालेको बार्सिलोनाले १५ अंक जोडेको छ । शीर्ष स्थानको उसले साविक विजेता रियल मड्रिडलाई चार अंकले उछिनेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top