आइसिसी विश्वकप लिग-२ मा आज नेपाल र क्यानडा भिड्दै

३० भदौ ८१, सोमबार

३१ भदौ, काठमाडौं ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र क्यानडाबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ बजे क्यानडाको ओन्टारियोस्थित मापल लिफ क्रिकेट ग्राउन्डमा हुने छ ।

रोहितकुमार पौडेलको कप्तानीमा उत्रिने नेपालले निकोलस किर्तोनको कप्तानीमा रहेको क्यानडामाथि जित निकाल्ने लक्ष्यमा छ । नेपाल र क्यानडाबीच हालसम्म तीनवटा ओडिआई खेल भएको छ । जसमा नेपाल तीनै खेलमा हाबी भएको छ ।

Advertisement

गत फेब्रुअरी ८ मा क्यानडाविरुद्धको पहिलो ओडिआईमा नेपालले ७ रनको झिनोअन्तरले हराएको थियो भने त्यसको दुई दिनपछि भएको दोस्रो ओडिआईमा चार विकेटको जित दर्ता गरेको थियो । फेब्रुअरी १२ मा भएको तेस्रो एकदिवसीयमा भने नेपालले क्यानडामाथि ९ विकेटको जित निकालेको थियो ।

तर, सोही महिनाको अन्तिम साता लिग–२ कै एकदिवसीय खेलमा नेपालले नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको थियो । त्यसयता नेपालले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न आँटेको हो ।

फेब्रुअरीको अन्तिम साता नेपालले चार खेलमध्ये तीन खेलमा पराजय बेहोरेको थियो । लिग–२ को पहिलो सिरिजमै घरेलु मैदानमा खराब प्रदर्शन गरेको नेपालले सोही कमजोरी दोहोर्‍याउने कुनै अवसर हुनेछैन ।

गत वर्ष घरेलु टोलीमा आइसिसी विश्वकप लिग–२ पछिल्ला आठ खेल जित्दै नेपाली टोलीले इतिहास रचेको थियो । अब, नेपाललाई फेरि पनि आफ्नो लय समात्ने मौका मिलेको छ । त्यसको सुधार आज क्यानडाविरुद्ध गर्नुपर्ने छ ।

क्यानडासँग पहिलो खेल खेल्ने नेपालले दोस्रो खेलअन्तर्गत बुधबार ओमनको सामना गर्ने छ । तीन दिनको रेस्ट लिएर नेपाल पुनः घरेलु टोली क्यानडासँग खेल्न उत्रिनेछ । त्यसको दुई दिनपछि नेपालले ओमानसँग खेल्दै यो सिरिज अन्त्य गर्नेछ ।

रोहितको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल रहेका छन् ।
प्रशिक्षक मन्टी देसाईले टी–२० विश्वकपमा नेपालको प्रदर्शनका कारण यतिबेला टिम सकारात्मक रहेको बताउँछन् । बैंगलोरको दुई साताको क्याम्पले टिमलाई सहयोग पुगेको उनको विश्वास छ ।

लिग–२ को तालिकामा चार खेलमध्ये एकमात्र खेल जितेको नेपाल दुई अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top