नेपाल क्रिकेटको ओरालो यात्रा, ओमानसँग पनि पराजित

२ असोज ८१, बिहीबार

३ असोज , एजेन्सी ।

क्यानडामा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनका बावजुद नेपाली क्रिकेट टिम आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा ओमानसँग एक विकेटले पराजित भएको छ ।

बुधबार राति क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा नौ विकेट गुमाएर भेट्टायो । अन्तिमसम्म रोमाञ्चक बनेको खेलमा ओमानलाई जितका लागि अन्तिम ओभरमा आठ रनको आवश्यकता थियो ।

Advertisement

अन्तिम ओभरको पहिलो बलमा नेपालका सोमपाल कामीले एक रन दिए । दोस्रो बल चौका हुँदा ओमानलाई जितका निम्ति चार बलमा तीन रनको आवश्यकता थियो । सोमपालले तेस्रो बल डट फ्याके । चौथो बलमा एक रन खर्चिए पनि पाँचौ बल चौका हुँदा ओमानले नेपाललाई एक विकेटले निराश बनाएको हो ।

Advertisement

ओमानको जितमा ओपनर जतिन्दर सिंहले ४१ रन बनाए । कश्यप प्रजापतिले ३६ र कप्तान अकिब इल्यासले २९ रन थप्दा प्रतीक अथावाल र सोएब खानले समान २६ रन थपे । खालिद कैल र साकिल अहमेदको नाममा समान १७ रन रह्यो । नेपालका गुल्सनकुमार झाले पाँच विकेट लिए पनि टिमको हार टार्न सकेनन् ।

उनले १० ओभरमा दुई मेडन फ्याक्दै ४७ रन खर्चिए ।त्यसअघि कप्तान रोहितकुमार पौडेल र गुल्सनको अर्धशतकप्रेरित नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२० रनको योगफल खडा गरेको थियो । नेपालका कप्तान रोहितले ६० रन बनाए ।

३१–३ को नाजुक स्थितिबाट रोहितले चौथो विकेटका लागि आरिफ सेखसँग ८३ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । आरिफले ३५ रन जोडे । यस्तै, गुल्सनले आक्रामक अर्धशतक प्रहार गरे । उनले ३५ बलमा तीन चौका र पाँच छक्कासहित ५३ रन बनाए ।

ओमानविरुद्धको प्रदर्शनसँगै नेपाली क्रिकेट टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक र पाँच विकेट लिने गुल्सन पहिलो खेलाडी बने । ओमानविरुद्ध ब्याटिङका लागि १०औँ नम्बरमा आएका सोमपाल कामीले २० रन जोडेपछि नेपाल सम्मानजनक स्कोरसम्म पुगेको हो ।

आसिफ सेख, भीम सार्की र सन्दीप लामिछानेले समान ११ रन थपे । ओमानका कलिमुल्लाह, फयाज बट र अकिब इल्यासले समान दुई विकेट लिए । साकिल अहमेद, सोएब खानको नाममा एक–एक विकेट रह्यो । लिगका ६ खेलमध्ये पाँचौं हार व्यहोरेको नेपाल तालिकाको सातौँ स्थानमा छ ।

नेपाली टिमको खातामा दुई अंकमात्र छ । पाँच खेलबाट पाँच अंक जोडेको ओमान भने तालिकाको छैटौँ स्थानमा छ । क्यानडामा जारी यस शृंखलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् । यसअघिको क्यानडासँगको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो ।

आइसीसी वरीयतामा नेपाल १६ औं स्थानमा रहदा ओमान १७ औं स्थानमा रहेको छ । पछिल्लो पटक २०२३ मा भएको खेलमा नेपाल ८४ रनले विजयी भएको थियो । नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो ।

७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो । क्यानडा भ्रमणका क्रममा पनि नेपालले हारको शृङखला दोहो¥याएको छ, जुन जित्न आवश्यक थियो ।

नेपाल शीर्ष स्थानमा रहँदै नम्बर वान एशोसिएट राष्ट बन्न देशबाहिरका खेल जित्न जरुरी छ । यो सिरिजअन्तर्गत नेपालले क्यानडासँग अर्काे खेल ६ गते र ओमानसँग ८ गते खेल्नेछ । ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी–२० सिरिज पनि खेल्नेछ ।

त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ । यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top