खान परिवारको निन्द्रा लोरेन्सले उडायो, कालो हरिणले छाडेन

३ असोज ,  एजेन्सी ।

Advertisement

बलिउड अभिनेता सलमान खानका बुबा सलिम खानलाई धम्की आएको छ। यसअघि पटक पटक सलमान खानलाई धम्की आउने गरेकोमा यस पटक उनका बुबालाई नै सही तरिका बस्नु नत्र लोरेन्सलाई भन्दिन्छु।’ भन्ने धम्की आएपछि मुम्बई प्रहरीले २ जनालाई पक्राउ गरेको  छ।

बुधबार बिहान मर्निङ वाकमा निस्किएका सलिम खानलाई एक महिलाले दिएकी हुन्। त्यतिबेला बान्द्रामा एक स्कुटरमा एक व्यक्ति र उनको पछाडि एक बुर्का लगाएकी महिला बसेकी थिइन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले युटर्न लिएर र सलीम खानको नजिक आएर भने, ’सही तरिका बस्नु नत्र लोरेन्सलाई भन्दिन्छु।’

Advertisement

घटनापछि उक्त व्यक्ति र महिलालाई हिरासतमा लिन बान्द्रा पुलिसमा खान परिवारबाट उजुरी दर्ता भएको छ। मुम्बई प्रहरीले खानलाई धम्की दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सलमान खानलाई लक्षित गर्दै बान्द्रा वेस्टमा रहेको ग्यालेक्सी अपार्टमेन्टमा यसअघि पनि गोली हानिएको थियो ।

बान्द्रा प्रहरीले स्कुटर चलाउने व्यक्तिलाई पक्राउ गरेको बताएको छ । यस्तै फरार महिलालाई पनि पक्राउ गरेको बताएको छ । प्रहरीले भनेको छ कि जब सलीम खानलाई धम्की आयो तब उनी ब्यान्डस्ट्यान्डको बेन्चमा बसेका थिए ।

Advertisement

प्रहरीमा उजुरी परेपछि प्रहरीले सीसीटीभी फुटेज जाँच ग¥यो जसमा उनीहरूले दुईजना स्कुटरमा सवार देखेका थिए। भिडियो फुटेजको आधारमा आरोपीलाई पक्राउ गरिएको हो । मुम्बई प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

पक्राउ परेका दुवैको कुनै आपराधिक पृष्ठभूमि नभएको अनुसन्धानबाट खुलेको छ । तर, अप्रिल महिनामा अभिनेता सलमान खानको अपार्टमेन्ट बाहिर कैयौं राउण्ड फायरिङ भएकाले सबैलाई चकित बनाएका कारण मुम्बई पुलिस अलर्ट भएको छ ।

यो घटनाको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहका एक सदस्यले लिएका थिए । सलमानको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्टमा १४ अप्रिलमा फायरिङ भएको थियो। सलमान खानको घर बाहिर ५ राउन्ड गोली हानेका थिए। यस घटनामा प्रहरीले ६ जनालाई गिरफ्तार गरेको थियो।

एक आरोपीले जेलमै आत्महत्या गरेका थिए। यसअघि २०२२ मा पनि सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो । त्यतिबेला सलमानलाई धम्कीपूर्ण चिठी पठाएर ज्यान मार्ने धम्की दिइएको थियो । सलमानले सधैँ मर्निवाक जाने ठाउँमा चिठी भेटेका थिए ।

सन २००८ मा पनि कालो हरिण मारेको घटनामा विश्नोइले सलमानलाई मार्ने धम्की दिएका थिए । बिश्नोई समुदायले कालो हरिणलाई पवित्र मान्ने भएकाले त्यसको शिकार गरेको आरोपमा लरेन्सले सलमान खानलाई मार्ने धम्की दिएका थिए ।

लरेन्स भने जेलमा सजाय काटिरहेका छन् । यसअघि उनले जेलभित्रबाटै एक टेलिभिजनमा अन्र्तवार्ता दिदै सलमान खानले माफी माग्नु पर्ने बताएका थिए । कालो हरिण प्रकरणमा भने सलमानले सजाय भोगिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top