NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

तिरुपतिको लड्डुमा राजनीति मुछियो

शनिबार अशोज ५ , २०८१
Reading Time: 1 min read
A A
तिरुपतिको लड्डुमा राजनीति मुछियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ असोज ,काठमाण्डौ।

भारतमा आन्ध्र प्रदेशको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पाइने लड्डुलाई लिएर विवाद बढ्दै गएको छ । प्रसादको लड्डूमा जनावरको बोसो मिसाइएको दाबी गरिएको छ । यो विषयले अब राजनीतिक रंग समेत पाएको छ ।

मुख्यमन्त्री चन्द्रबाबु नायाडूले विगतको सरकारको समयमा तिरुमाला लड्डू बनाउन शुद्ध घ्यूको सट्टा जनावरको बोसो भएको घ्यू प्रयोग गरिने गरेको आरोप लगाएका छन् । तर पुर्व सरकारको नेतृत्वमा रहेको जगन मोहन रेड्डीको पार्टीले नायडूको टिप्पणीको विरोध गर्दै यी आरोपहरूलाई अस्वीकार गरेको छ ।

यस विषयमा भाजपालगायत धेरै राजनीतिक दलहरूले आफ्नो प्रतिक्रिया दिएका छन् । आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा हरेक वर्ष लाखौं भक्तजन आउँछन् । मन्दिरमा आउने मानिसहरूलाई लड्डू प्रसादको रूपमा दिइन्छ ।

टीडीपीले गुजरातको नेशनल डेयरी डेभलपमेन्ट बोर्डलाई उद्धृत गर्दै लड्डूमा जनावरको बोसो भएको पुष्टि भएको बताएको छ । यद्यपी एनडीडीबीले यो सम्पूर्ण विवादमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । विवादित नमूना वास्तवमा तिरुपति मन्दिरबाट लिइएको हो वा होइन भन्ने विषयमा पनि कुनै प्रतिक्रिया आएको छैन ।

सेयर भइरहेको रिपोर्टमा पनि नमूना तिरुपति मन्दिरको हो भन्ने उल्लेख छैन । अंग्रेजी अखबार इन्डियन एक्सप्रेसले स्रोतलाई उद्धृत गर्दै लड्डू र अन्य प्रसाद बनाउन प्रयोग हुने घ्यू वाईएसआर कांग्रेस पार्टीको पालामा धेरै एजेन्सीहरूबाट लिइएको उल्लेख गरेको छ ।

प्रतिवेदनमा धेरै कुराहरु उल्लेख गरिएको बताइएको छ । सोयाबीन, सूर्यमुखी, कपासको बीउ, नरिवल जस्ता चीजहरू यसमा लेखिएको छ । लर्ड भन्नाले कुनै पनि बोसो पग्लिँदा बाहिर निस्कने सेतो पदार्थ हो । यस्तै माछाको तेल छ र बीफ टेलो भनेको गाईको मासुको बोसो तताएर निकाल्ने तेल हो ।

सामान तोकिएको अनुपातमा नरहेको दाबी पनि गरिएको छ । मुख्यमन्त्री नायडूले भने, ’तिरुमाला लड्डुलाई यसरी अपवित्र बनाइन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैन।’ पछिल्लो पाँच वर्षमा वाईएसआरले तिरुमालाको पवित्रतालाई अपवित्र बनाएको छ ।’

नायडूले अगाडी भनेका छन– ’तिरुमाला लड्डुको घ्यूमा जनावरको बोसो प्रयोग गरिएको पुष्टि भएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । यसका लागि दोषी जो कोही पनि दण्डित हुनेछन् ।’

पूर्व मुख्यमन्त्री जगन मोहन रेड्डीको पार्टी वाईएसआरले पनि यस विषयमा प्रतिक्रिया दिएको छ र नायडूको आरोपलाई अस्वीकार गरेको छ । वाईएसआरका नेता तथा तिरुमाला तिरुपति देवस्थानम ट्रस्टका पूर्व अध्यक्ष वाईवी सुब्बारेड्डीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नायडूले तिरुमाला मन्दिरको पवित्रतामा ठेस पु¥याएर करोडौं हिन्दूहरूको भावनामा चोट पु¥याएर पाप गरेका छन् ।

यस्तो आरोप कसैले लगाउन सक्दैन । विवादको बीचमा राज्यका उपमुख्यमन्त्री पवन कल्याणले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टमा लेखेका छन्, ‘तिरुपति बालाजी प्रसादमा जनावरको बोसो (माछाको तेल, सुँगुरको बोसो र गाईको मासुको बोसो) मिसिएको कुराले हामी सबै निकै चिन्तित छौं ।

तत्कालीन सरकारले गठन गरेको टिटीडि बोर्डले धेरै प्रश्नहरूको जवाफ दिनु पर्नेछ । हाम्रो सरकार सक्दो कडा कदम चाल्न प्रतिबद्ध छ, तथापि, यो मामलाले मन्दिरको अपवित्रता, भूमि मुद्दा र अन्य धार्मिक अभ्यासहरू सम्बन्धी धेरै मुद्दाहरूलाई हाइलाइट गर्दछ । सनातन धर्मको अपमान रोक्न एकजुट हुनुपर्छ ।’

तिरुमाला तिरुपति देवस्थानम अर्थात् टिटीडी ट्रस्ट मन्दिरसँग सम्बन्धित काममा संलग्न रहेको बताइएको छ । यस ट्रस्टसँग सम्बन्धित मजदुर संघका कान्दरपु मुरलीले सीएम नायडूको बयानको आलोचना गरेका छन् र यसलाई टीटीडी कर्मचारीहरूको अपमान भनेका छन् ।

उनले टीटीडीको पारदर्शी प्रक्रिया रहेको र प्रसादमा समावेश भएका चीजहरूको परीक्षण गर्न सकिने बताएका छन् । टीटीडीले पाउने प्रसाद प्रमाणित भएपछि मात्र दैनिक उपलब्ध गराउने गरेको उनले बताएका छन् । यसअघि पनि तिरुपतिको प्रसाद लड्डु बारे विवाद भएको थियो ।

इतिहासकार गोपी कृष्ण रेड्डीले सुरुदेखि नै कुन जातिले लड्डू बनाउने र कसलाई नगर्ने भन्ने कुरामा कुनै उल्लेख नरहेको र सुरुमा ईसाई र मुस्लिमहरू पनि ट्रस्टमा सामेल रहेको बताएका छन् । अझै पनि ट्रस्टमा इसाई र मुस्लिम हुनसक्ने र सबै प्रकारका मानिसहरूलाई समावेश गर्नुपर्ने उनको धारणा छ ।

यस्तै केंद्रीय मंत्री प्रह्लाद जोशीले भने, “तिरुपतिको लड्डूका बारेमा जे कुराहरु आंध्र प्रदेशका मुख्यमंत्रीले भनेका छन्, त्यो निकै नै गंभीर मामला हो । यसको जाँच हुनुपर्छ “ । उनले अगाडि भने, “ल्याब रिपोर्टमा र यो मामिलामा जे कुराहरु बाहिर आएका छन् त्यो निकै नै खतरनाक छ ।

करोडौं मानिसहरुको श्रद्धाको विषय हो । उनले भने, चंद्रबाबू नायडूले जुन ल्याब रिपोर्ट सार्वजनिक गरेका छन्, त्यसको बारेमा पुर्णरुपमा जांच हुनुपर्छ । यदी यो सत्य निक्लियो भने कडाभन्दा कडा सजाय हुनुपर्छ “ । सीबीआईलाई यो मामिलामा अनुशन्धानका लागि सुम्पिने कुरामा केंद्रीय मंत्रीले भने, “चंद्रबाबू नायडूले यो डिसाइड गर्नेछन् कि यो मामिलालाई सीबीआई दिने या एसआईटी गठन गर्ने । यो निर्णय प्रदेश सरकारले गर्नेछ “ ।

यता यसमाथि टिप्पणी गर्दै समाजवादी पार्टीका नेता फखरुल हसन चंदले भने, “आस्था र धर्मसंग जोडिएको विषयमा राजनीति हुनुहुँदैन । यो गंभीर विषय हो । यसको गंभीरताले अनुशन्धान हुनुपर्छ“ । उनले भने, “आस्था र धर्मसंग जोडिएको विषयमा राजनीति गर्ने अधिकार कुनै पनि दललाई छैन । कसैलाई पनि कसैको आस्थासंग खेलवाड गर्ने कुनै अधिकार छैन“ ।

तिरुमाला तिरुपति मन्दिर, भगवान वेंकटेश्वरलाई समर्पित, भारतको सबैभन्दा पवित्र मन्दिरहरू मध्ये एक हो । मन्दिरमा हरेक दिन औसतमा एक लाखभन्दा बढी भक्तजन पूजा मात्र गर्दैनन्, दान पनि गर्छन् । मन्दिरको दान पेटीमा लाखौं रुपैयाँ जम्मा मात्रै होइन, गहना चढाउनेको पनि कमी छैन । तिरुपति मन्दिरलाई भारतकै धनी मन्दिर मानिन्छ । भगवान वेंकटेश्वरले पद्मावतीसँग विवाह गर्ने योजना बनाउँदा पैसाको अभाव भएकोले धनका देवता कुबेरकहाँ गएर एक करोड रुपैयाँ र एक करोड सुनको सिक्का मागेको पुरानो मान्यता छ । भगवान वेंकटेश्वरसँग त्यो ऋण अझै पनि रहेको र भक्तजनहरुले उदारतापूर्वक दान दिएर सो ऋणको ब्याज तिर्न सहयोग गर्ने विश्वास गरिन्छ ।
पज………….
तिरुमाला मन्दिरमा हरेक वर्ष करिब एक टन सुन दान आउँछ । मुख्य मन्दिर परिसर बलियो पर्खालले घेरिएको छ र मन्दिर भित्र कुनै फोटोग्राफी गर्न अनुमति छैन । अहिले चर्चामा रहेका लड्डू मन्दिरको गोप्य भान्छामा तयार पारिन्छन् । यो भान्सालाई पोट्टु भनिन्छ ।

यहाँ दैनिक हजारौं लड्डू तयार हुने जनविश्वास छ । सन् २००९ मा तिरुपति लड्डुलाई भौगोलिक संकेत दिइएको थियो । लड्डु चना, मक्खन, चिनी, काजू, किसमिस र अलैंचीबाट बनाइन्छ । यो लड्डु बनाउने विधि ३ सय वर्ष पुरानो रहेको बताइएको छ ।

तिरुपतिको प्रसादका लागि बन्ने लड्डुका विषयमा भइरहेका यी विवादबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#लड्डुमा राजनीति मुछियो

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.